यस कारण फर्किय सुनिल कपिलको शोमा

एजेन्सी, १६ चैत/भारतीय कमेडियन सुनिल ग्रोवर द कपिल शर्मा शोमा फर्किएका छन् । गत हप्ता कपिलले उनीहरूको टिम बिना नै कार्यक्रम सञ्चालन गरेका थिए ।

कपिलले त्यसका लागि हाँस्य कलाकारहरू सुनिल पर्ल, राजु श्रीवास्त लगायतलाई लिएका थिए ।  कार्यक्रम हेर्नमा जति मज्जा दर्शकहरूले पहिले गर्थे त्यसमा कमी आएको प्रतिक्रिया दर्शकहरुले दिएका थिए । कार्यक्रमको शुटिङका लागि सुनिल फर्किएको खबरले उनका प्रशंसकहरुलाई उत्साह प्रदान गरेको छ । उनी छिटै नै शुटिङका लागि तयार हुने पनि भनिएको छ ।

यसको कारण रहेको छ उनले सोनी टिभीसँग गरेको सम्झौता उनले अप्रिल महिनासम्मका लागि शुटिङ गर्नुपर्ने भन्ने सम्झौता गरेका कारण अप्रिलसम्मका लागि उनी शुटिङमा फर्किएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...