मिस नेवा पोखरा ११३७ को ताज अंशु शाक्यलार्इ

पोखरा, ६ चैत /मिस नेवा पोखरा नेपाल संवत ११३७ को उपाधि अंशु शाक्यले जितेकी छन् । नेवा खलः कास्कीको आयोजनामा भएको सातौं संस्करणको मिस नेवामा अन्य प्रतिस्पर्धीहरुलाई पछिपार्दै अंशु शाक्यले उपाधी जितेकी हुन् ।

निकिता लिगल फस्ट रनरअफ र प्रथाना डंगोल सेकेण्ड रनरअफ बन्न सफल भइन् । कार्यक्रममा नेवारी लाखे नाच, कुमारी नाच, चर्या नाच, धिमे बाजा तथा नेवारी नृत्यहरु समेत समाबेश गरिएको थियो।

मिस नेवाः पोखरा ११३७ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गरे ।

कमेन्टहरु
Loading...