पोखरामा हुने नेपथ्य लार्ईभ कन्र्सटको प्रचारका लागि उच्च माविमा

पोखरा २, चैत्र/नेपथ्य ब्याण्डको प्रस्तुतीः पोखरामा हुने भए पछि उक्त कार्यक्रमलाई सफल पार्न यति वेला तयारी तिव्र पारिएको छ । सामुदायिक बिद्यालयको सहयोगार्थ फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करण पोखरामा हुने भए पछि उक्त कार्यक्रमको तयारी तिव्र पारिएको कार्यक्रम संयोजक विकेश कायस्थले बताए ।

उक्त ईभेण्ट मार्फत नेपालकै चर्चीत ब्याण्ड नेपथ्यले आउदो ८ अप्रिल अर्थात चैत्र २६ गते शनिबार पोखरा रंगशालामा लाईभ प्रस्तुतीः गर्ने भएको आयोजक पोखरेली युवा किरण गुरुङले बताए । उक्त कार्यक्रमलाई सफल पार्न पोखरामा रहेका विभिन्न उच्च माविहरुमा प्रचार अभियान समेत संचालन गरिएको छ । संचारकर्मी विमला थापाको संयोजकत्वमा कलेज क्याम्पियन सुरु भएको हो । टोलीले पश्चिमाञ्चल उच्च मावि, मदरल्याण्ड, स्टेप वाई स्टेप, पोखरा युनाईटेड, पोखरा मल्टिमोडल, विन्ध्यवासिनी, स्पाईरल ग्यालेक्सी, कन्या क्याम्पस, करुणा निधी, लगायतका उच्च माविहरुमा पुगेर कार्यक्रमको बारेमा जारकारी गराउदै सहभागिताको लागि निम्तो दिएको हो ।

उच्च माविहरुमा जादा बिद्यार्थीहरु नेपथ्यको कार्यक्रम हुने भएकोमा निकै उत्साहित भएको थापाले बताईन । उक्त कार्यक्रममा सहभागिताको लागि आयोजकले पोखराका ४२ स्थानमा प्रबेस टिकटको व्यबस्था समेत मिलाएको सह–संयोजक प्रबेस कायस्थले बताए ।

कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र कास्कीकै सल्यान वासखर्कमा रहेको भुमेश्वर प्राविको सहयोगार्थ उक्त कार्यक्रम हुने भएको आयोजक किरण गुरुङले बताए । गुरुङ सहित उनकी श्रीमती सोनाम गुरुङले आयोजन गर्न लागेको उक्त कार्यक्रमबाट करीब १५ देखि २० लाख रुपैया बचत गरी उक्त रकम बिद्यालयको शैक्षिक विकासको लागि आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको किरणले बताए । नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ रहेका छन ।

उनको पोखरा २५ पुम्दी भुम्दी कालाभाङमा घर भएकोले उनको प्रस्तुतीःमा पोखरा आसपास सहित छिमेकी जिल्लाबाट समेत तिन बर्ष सहभागि भएका दर्शकहरु यस बर्ष अझ बढी उत्साहित हुने आफुहरुले अपेक्षा गरेको किरण गुरुङले विश्वाश व्यक्त गरेका छन । नेपथ्य ब्याण्डका मुख्य भोकलिष्ट अमृत गुरुङले १८ देखि २० वटा सम्म गितहरु प्रस्तुतः गर्ने भएका छन ।

कमेन्टहरु
Loading...