बिग आइकनमा उत्कृष्ट पाँच

पोखरा, २६ फागुन/स्याङ्जा चापाकोटका यामबहादुर नेपाली जारी बिग आइकनको ‘उत्कृष्ट ६’ राउण्डबाट बाहिरिएका छन् । यामबहादुर बाहिरिएसँगै विहिबार बिग आइकनमा उत्कृष्ट पाँच जनाबीच प्रतिस्पर्धा भएको छ ।

निर्णायक र स्रोताको मतको आधारमा यामबहादुर प्रतियोगिताबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ । बाहिरिने क्रममा यामबहादुर केहि भावुक बने । ‘म खुशी छु । र, यतिबेला मैले मेरो परिवारलाई मिस गरेको सम्झिरहेको छु ।’ यामबहादुरले भने–‘मलाई संगीतमा केहि गरोस् भन्दै मेरी आमाले २० हजार रुपैयाँ हातमा थमाएर पोखरा पठाएको पनि मैले यतिबेला सम्झिरहेको छु ।’

नेपाली हाल पोखराको ‘हाम्रो दोहोरी साँझ’मा कार्यरत छन् । उनले आगामी दिनमा पनि साँगीतिक क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाए । बाहिरिने क्रममा उनले बिग एफएम र निर्णायकहरुलाई धन्यबाद ज्ञापन गरे । उनले बिग आइकनका सम्पूर्ण बाँकी प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । नेपाली बाहिरिएसँगै प्रतियोगितामा लेखनाथकी सौजन्या तामाङ, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ र संगम टोलकी प्रिया गुरुङ भिड्दैछन् ।

कमेन्टहरु
Loading...