जिम्खानाले रोगलाई जितेकी ‘प्रेमगीत २’ की नायिका

काठमाडौ, २५ फागुन /विश्वभर बुधबार १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन् । यही मध्ये एक कार्यक्रम स्क्वाट कम्पिटिशनमा नव अभिनेत्री अश्लेशा ठकुरीको पनि सहभागिता थियो ।

अश्लेशा यो कार्यक्रमको लागि कम्मर कसेर लागि परेकी थिइन् । तयारीको क्रममा रहेकी उनी वर्ल्ड ट्रेड सेन्टरको ज्यास्मिन जिमखानामा कडा एक्सरसाइज गर्दै थिइन् । जसमा उनले गएको दुई वर्ष यता आफू फिटनेसमा सचेत भएको बताइन् ।
दुई वर्ष अघि उनी एक स्कुटर दुर्घटनामा परेकी थिइन । त्यस बखत उनलाई चिकित्सकले सामान्य अवस्थामा आउन अलि गाह्रो हुने बताएका थिए ।

तर उनले निरन्तर व्यायाम गरेर चिकित्सकलाई नै गलत साबित गरेकी छन् । अहिले उनी सामान्य अवस्था छिन् । शारीरिक व्यायाम गरेरै उनी फिट र स्वस्थ भएकी हुन् । दिनमा दुई घण्टा जिमखानामा बिताउने उनले नारी दिवसको अवसर पारेर सबै महिलाहरुलाई पनि फिटनेसमा ध्यान दिन आग्रह गरेकी छिन् ।

उनी दुर्घटनामा परेपछि उनको प्यानक्रियाटिक सर्जरी भएको थियो । उनलाई त्यो सर्जरी पछि सामान्य अवस्थामा आउन असम्भव भएको कुरा चिकित्सकले गरेका थिए । तर उनले शारीरिक व्यायामलाई अघि बढाईन् जसले उनी फिट र स्वस्थ भइन् । उनी भन्छिन्, ‘स्वस्थ रहनको लागि सबैले फिटनेसमा ध्यान दिन जरुरी छ । विशेष गरी महिलाहरुले ।’

कमेन्टहरु
Loading...