पोखरा, २५ फागुन/ पोखरेली महिला गायिकाहरुको साझा संस्था हार्मोनी मोडर्न सङ्स स्ट्रेसेस अफ पोखराले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भ पारेर बुधबार असहाय बालबालिकालाई कपडा वितरण गरेको छ ।
हार्मोनीले गत माघ ९ गते पोखरामा गरेको हार्मोनी साँझबाट बचत भएको रकमबाट हिमाली बाल कल्याण संरक्षण मन्च, भकुन्डेमा आश्रित ३४ जना बालबालिकालाई प्रमुख अतिथि हरिदेवी कोइरालाले कपडा वितरण गर्नुभएको हो ।

हार्मोनीकी अध्यक्ष इतु जोजिजूको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि कोइरालाले पोखरेली महिला गायिकाहरुले सङ्गठित भएर समाजको उन्नतिका लागि गरेको कार्यले आफूलाई गौरव लागेको बताउनुभयो । उहाँले गायनका माध्यमबाट समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने उदाहरण हार्मोनीले दिएको भन्दै टिमको प्रशंसा गर्नुभयो ।
कार्यव्रmममा जनसांस्कृतिक महाङ्घका प्रदेश नं. ४ का इन्चार्ज तथा हार्मोनीका सल्लाहकार मनकुमार श्रेष्ठ, हिमाली बाल कल्याण संरक्षण मन्चका प्रमुख टङ्कप्रसाद गुरुङ लगायतले बोल्नुभएको थियो ।