फागुन २९ देखी विरुवा बजार महोत्सव हुने

पोखरा २४ फागुन /स्याङजा स्थित विरुवा बजारमा यहि २९ फाल्गुन देखि चैत २ गते सम्म  ११ औ विरुवा बजार  महोत्सव हुने भएको छ । फागु पुर्णिमाको अवसरमा बालकन्या युवा क्लव ,समाज कल्याण आमा समुह तथा विरुवा बजार ब्यवस्थापन समितीको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।

स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद, विकाश अनुशासन गतिशीलता ,हामी विरुवाबासी युवाहरुको प्रतिबद्धता भन्ने मुल उद्घोषका साथ हुन लागेको उक्त महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने संयोजक तथा बाल कन्या क्लबका अध्यक्ष अब्बु मियाँले जानकारी दिए । अध्यक्ष मियाँका अनुसार महोत्सवमा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, लोकदोहोरी, नृत्य प्रतियोगिता, कृषि प्रर्दशनी, बालादेवी मन्दिरको पुजा लगायत कार्यक्रम हुने भएको छ ।भलिवल प्रतियोगिता तर्फ प्रथम द्धितिय र तृतिय हुनेले क्रमशःनगद रु.५० हजार , ३० हजार र १५ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने आयोजकले बताएको छ ।

साथै महोत्सवमा  चर्चित कलाकारहरु ज्योति मगर , बद्रि पंगेनी, राजु गुरुङ, कुलेन्द्र विक ,प्रिति आले, दुर्गा गुरुङ,शिव हमाल, शंकर विरही गुरुङ, जीवन दाहाल, माया गुरुङ ,गणेश राना, बालकृष्ण वाग्ले, सुरेश राना, नीशा गुरुङ सुरज आचार्यको प्रस्तुती रहनेछ भने हास्य तर्फ दीपक थापा मगर ज्याक काँईला लगायतकाको  प्रस्तुति रहने संस्थाका सल्लाहकार राजकुमार गुरुङले बताएका छन् ।त्यसै गरि भिक्टोरिया डान्स एक्टीङ स्कुल,दमौली, नवसाधाना कला केन्द्र पोखरा र तरेली साँस्कृतिक परिवार पोखराको कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...