बिग आइकन उपाधीका लागि ६ जनाबीच भिडन्त

पोखरा, २४ फागुन/जारी बिग आइकनको उत्कृष्ट ६ प्रतिस्पर्धीबीच सोमबार प्रतिस्पर्धा भएको छ । उत्कृष्ट ७ प्रतिस्पर्धीमध्ये एक लक्ष्मण दर्जी प्रतियोगिताबाट बाहिरिएपछि ६ जनाबीच प्रतिस्पर्धा भएको हो । पर्वतका लक्ष्मण दर्जी बिग आइकनकै लागि सरकारी जागिर छाडेर पोखरा हानिएका थिए ।

‘संगीत बाहेक केहि सोँच्न पनि नसक्ने’ बताउने लक्ष्मण यो प्रतियोगितामा पहिलो पटक सहभागी भएका हुन् । आफ्नो साथीमार्फत बिग आइकनको मञ्चसम्म आईपुगेका लक्ष्मण पहिलो पटकमै यो खाले लोभलाग्दो यात्रा तय गरेर आफुलाई अब्बल साबित गरिदिएका छन् । गायनको हिसाबले लक्ष्मण निकै उत्कृष्ट भएको निर्णायकहरुले बताउँदै आएका थिए ।

यद्यपी प्रतियोगितामा स्रोताको एसएमएस भोट र निर्णायकको मताधिकार प्रयोग गर्दा उनी अन्य प्रतिस्पर्धीको तुलनामा कमजोर साबित भएपछि बाहिरिएका हुन् । ‘म बाहिरिए पनि दुखी छैन । कारण, मैले यो मञ्चबाट आफुलाई अझै बढि निखार्ने मौका पाएको छु ।’ लक्ष्मणले भने–‘मैले साँगीतिक क्षेत्रमा केहि गर्न सक्ने रैछु भन्ने कुरा पनि पुष्टी भएको छ । म आगामी दिनमा अझै बढि संगीतमै लाग्नेछु ।’

बाहिरिने क्रममा लक्ष्मणले बाँकी प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । त्यस्तै उनले बिग एफएम र निर्णायकहरुलाई पनि धन्यबाद दिए । पर्वतका लक्ष्मण दर्जी बाहिरिएसँगै अब प्रतियोगितामा लेखनाथकी सौजन्या तामाङ, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ र संगम टोलकी प्रिया गुरुङ भिड्दैछन् ।

उत्कृष्ट ७ प्रतिस्पर्धीलाई अगाडि बढाउन स्रोताहरुले एसएमएस भोटिङ समेत गर्न सक्ने एफएमले जनाएको छ । जसअनुसार सौजन्या तामाङलाई भोट गर्न BIG space ST, यामबहादुर नेपालीलाई भोट गर्न BIG space YN, निलिमा ए साङ्मालाई भोट गर्न BIG space NS, सागर आलेलाई भोट गर्न BIG space SA, सुबास गुरुङलाई भोट गर्न BIG space SG र प्रिया गुरुङलाई भोट गर्न BIG space PG  टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

कमेन्टहरु
Loading...