जंगल फेस्टिभलमा दर्शक ह्वात्तै बढे

पोखरा, १६ फागुन/पोखरा शान्तिवन वाटिकामा जारी तेस्रो सँस्करणको जंगल फेस्टिभलमा दर्शक सँख्या ह्वात्तै बढेको छ । निरन्तर परेको बिदा र बलियो ‘वर्ड अफमाउथको प्रभावले फेस्टिभलमा दर्शकको सँख्यानिकै बढेको आयोजकले अनुमान लगाएको छ । आयोजक परिचय नेपालका अनुसार अघिल्ला सँस्करणको अनुभवमा जंगल फेस्टिभलमा अहिले देखिएको दर्शकको भीड अहिले सम्मकै सर्वाधिक हो । एकै प्रकारका मेला महोत्सवले वाक्क भएका दर्शकले केहि फरक पाएकै कारण जंगल फेस्टिभललाई अत्याधिक रुचाएको आयोजकले दाबी गरेको छ ।

जंगलमै खानपिन गर्नु सँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु अवलोकन गरेर दर्शकले फेस्टिभलको भरपुर मज्जा लिईरहेका छन् । विभिन्न कलाकृतिले सिंगारिएको जंगलमा दिन भरि दर्शकले फरक फरक कुराहरुको दृश्यावोलकन गर्दैं अनुसन्धान गर्न पनि सक्छन् । खासगरि जंगलमा बालबालिकासँगै उनीहरुको अभिभावक र युवा पुस्ताका दर्शक बढि आकर्षित भैरहेको आयोजकले बताएको छ ।त्यस्तै साँगीतिक कार्यक्रमले पनि दर्शकको ध्यान खिचेको छ ।

जंगलभित्र साँझ पख हुने फेशनशो युवा पुस्ताका दर्शकको लागि खुराक बनेको छ । जंगल भित्रको भूतघर पनि दर्शकको लागि आकर्षण बनेको छ । यसैबीच जंगल भित्रै रेस्लिङ खेल्नका लागि भारतीय रेस्लिङ खेलाडीको टोली सोमबार काठमाण्डौ आईपुगेको छ । मंगलबार बिहानै टोली पोखरा आई पुग्ने आयोजकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...