बिग आइकनमा उत्कृष्ट २० प्रतिस्पर्धी, शुक्रबार उत्कृष्ट १५ छनौट हुने

पोखरा, ४ फागुन /जारी सातौँ चरणको बिग आइकन उत्कृष्ट २० राउण्डमा प्रवेश गरेको छ । बुधबार भएको उत्कृष्ट २५ गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट ५ जना बाहिरिएपछि प्रतियोगितामा २० जना प्रतिस्पर्धी रहेका हुन् । बुधबार प्रतियोगिताबाट बाहिरिनेमा उषा गुरुङ, स्मिता दुरा, उर्मिला पुन, सरिता सुवेदी र रश्मी गुरुङ उत्कृष्ट २५ राउण्डबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ ।

बिग आइकन अन्तरगत उत्कृष्ट २० मध्येबाट अघिल्लो चरणमा अझै पाँच जना प्रतियोगीहरु बाहिरिनेछन् । पुर्णतया निर्णायकको निर्णयअनुसार उनीहरु प्रतियोगिताबाट बाहिरिएका हुन् । अघिल्लो चरणको प्रतिस्पर्धा शुक्रबार हुने एफएमले जनाएको छ । यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । विभिन्न चरण पार गर्दै अहिलेसम्म उत्कृष्ट २० प्रतिस्पर्धीको छनौट गरिएको हो । हाल ‘पियानो’ राउण्डमा प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाईरहेका छन् ।

जारी बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । उत्कृष्ट १० प्रतिस्पर्धी छनौट गर्दासम्म निर्णायकहरुको सर्वाधिकार रहनेछ भने उत्कृष्ट १० पछि उत्कृष्ट ३ छनौटसम्म निर्णायकहरुको अग्राधिकार रहने एफएमले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट ३ छनौटपछि सर्वोत्कृष्ट छनौटका लागि भने सम्पूर्ण जिम्मा स्रोताको एसएमएस भोटमा रहने उसले जनाएको छ ।

सातौँ सँस्करणको बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

तस्वीर ः निशद श्रेष्ठ÷जक्शन डटकम

कमेन्टहरु
Loading...