लोक स्रष्टा कल्याण शेरचन स्मृति सम्मान संगीतकार प्रकाश गुरुङलाई

पोखरा, २२ माघ/कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले माघ २४ गते पोखरामा लोक स्रष्टा कल्याण शेरचनको छैटौं स्मृति दिवस मनाउने भएको छ । पोखरा सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा राष्ट्रिय नाचघरका प्रबन्ध निर्देशक राजेश थापाको प्रमुख आतिथ्यतामा श्रष्टा सम्मान, कल्याण शेरचनका गीतहरुको प्रस्तुतिसहित विभिन्न जातिय साँस्कृतिक प्रस्तुति गरी दिवस मनाउने भएको हो ।

उक्त कार्यक्रममा गीत संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका वरिष्ठ संगीतकार, गायक प्रकास गुरुङलाई २५ हजार एक रुपैयासहित ताम्रपत्र र दोसल्लाबाट स्रष्टा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले जानकारी दिनुभयो । प्रतिष्ठानका संरक्षक नरबहादुर शेरचनको संयोजकत्वमा सल्लाहकार बुद्धिमान धम्पु र सल्लाहकार मेनकाजी गुरुङ सदस्य रहेको स्रष्टा छनौट समितिको सिफारिसमा प्रतिष्ठानले वरिष्ठ संगीतकार, गायक प्रकास गुरुङलाई सम्मान गर्ने निर्णय गरेको सचिव श्रीजंग गुरुङले जानकारी दिनुभयो ।

यसभन्दा अघि २०७० सालमा गीत संगीत क्षेत्रबाट भैरबबहादुर थापा, २०७१ सालमा खेलकुद क्षेत्रबाट डम्बरसिंह गुरुङ र २०७२ सालमा शिक्षा क्षेत्रबाट बलबीरसिंह नेगी सम्मानित भइसक्नुभएको छ । २०६८ सालमा नेपालमै पहिलो पटक कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले कौडा गीत प्रतियोगिता आयोजना गरी वचत रकमबाट २०६९ मा अक्षयकोष स्थापना गरी स्वर्गीय लोक स्रष्टा कल्याण शेरचनको विधाहरु गीत संगीत, शिक्षा, खेलकुदमा विशिष्ट योगदान पुर्याउनुभएको स्रष्टाहरुलाई वर्षैपिच्छे विधागत स्रष्टा सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानले यस अघि कौडा गीत प्रतियोगिता, कल्लाण शेरचनको गीतहरुको संकलन, स्मारिका प्रकाशन, फुटवल प्रतियोगिता, दौड प्रतियोगिता, कविता प्रतियोगिता, भुकम्पबाट क्षतिग्रष्त कास्की घान्द्रुक १ क्लिऊस्थित फुम्रुखुँ माविमा सुविधासम्पन्न ३ कोठा र शौचालय निर्माण गरिसकेको अध्यक्ष क्या.ह्योल्मोले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...