मिसेस कल्चर नेपालको उपाधि प्रतिमा शर्मा आर्चायलाई

पोखरा, १६ पुस /प्रथम मिसेस कल्चर नेपाल २०१६ को उपाधि विरौटाकी प्रतिमा शर्मा आचार्यले हात पारेकी छिन् । उनले मोष्ट कन्फिडेन्ट, बेष्ट स्माइल समेत हात पार्न सफल भइन् । विजेता आचार्यले यू.एम स्कुटर सहित सिजी इलेक्ट्रोनिक्सले प्रायोजन गरेको रुमहिटर समेत प्राप्त गरिन् ।

पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लिद्धारा आयोजित कार्याक्रममा फस्ट रनरअप सृजना गुरुङ्ग पुन, सेकेन्ड रनरअप रुमा केसी थापा, थर्ड रनरअप रिन्जी पुन, फोर्थ रनरअप सृजना गिरी तिमिल्सीना, भ्यूअर च्वाइस माया थापा, र अर्गनाइजर च्वाइस गिता थापाले जित्न सफल भएका छन् ।

प्रतियोगितामा मोस्ट फ्रेन्डली÷क्रियटिभ कमला नेपाली, मस्ट एक्टीभ÷पपुलर, बेष्ट पर्सनालिटी रुमा के.सी थापा, बेष्ट हेयर उमा गुरुङ श्रेष्ठ, बेष्ट डान्स सृजना गरी तिमिल्सीना, मस्ट ट्यालेन्ट, वेष्ट क्याटवाक डण्डु कुमारी पहारी मिना, मस्ट डिसिप्लिन कृष्ण उच्चाई ठकुरी, बेष्ट फिगर÷फोटोजेनिक सृजना गुरुङ पुन, मस्ट युनिक पवित्रा गुरुङ, वेष्ट स्किन केशमाया गुरुङ, मस्ट इन्टिलिजेन्ट रिन्जी पुन, मस्ट हेल्पफुल माया थापा, वेष्ट कल्चरल डे«ेस, मस्ट व्युटीफुल गीता थापा घोषित भए ।

“हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा १३ जना सहभागी थिए । गत कार्तिकमा सुरु भएको प्रतियोगितामा कुल ३० जना विवाहित युवतीहरु सहभागी थिए । उनीहरुले नेपालका लोपोन्मुख जातजातिका भेषभुषा झल्काए थिए ।  कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै पौडेलले विविधतामा एकता भएको मुलुकमा यस प्रकारको कार्यक्रमले संस्कृति जगेर्ना गर्न सहयोग पुग्ने बताए । परम्परा र संस्कृतिको जगेर्ना गर्न सके नेपाली संस्कृति अन्य देशमा पनि प्रवद्र्धन हुने स्पष्ट पारे ।

पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिइन । सो अवसरमा पोखरामा क्रियाशिल विभिन्न आकाश समूहहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सभासद शारदा पौडेल, चुडामणि जंगली, रेशम बानिया, पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुख नवराज ढुङ्गाना, कार्यक्रम प्रायोजक हिमालयन अटोवल्र्डका प्रमुख लायन ध्रुव थापा, मुख्य प्रायोजक सिजी ब्रुअरी नेपालका रिजनलसेल्स म्यानेजर मनोज घिमिरे, सहप्रायोजक सिजी इलेक्ट्रोनिक्सका सेल्सम्यानेजर लोकेन्द्रसिंह कुँवर, डिभाइन वाइनका ब्रान्ड म्यानेर सन्जु शाक्य, बार्दली सहकारीका अध्यक्ष रेशम सापकोटा, वरिष्ठ समाजसेवी रामप्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकहरुमा ह्याप्पी बोर्डिङ्गका प्रीन्सिपल कविराज बराल, बार्दली सहकारी म्यानेजर हरि कार्की, लेखनाथ मिडिया हाउसका प्रमुख सन्दिप पौडेल, मिस कल्चर २०१६ की विजेता पवित्रा लामिछाने रहेका थिए । कार्यक्रममा पोखराका विभिन्न कलाकारहरुले आफ्नो भेषभुषा र नृत्य समेत प्रदर्शन गरेको कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...