विदेशमा सांगितिक यात्रा सकेर कन्दरा ब्याण्ड फिर्ता

पोखरा, ५ पुस /नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा ४० दिने सांगेतिक यात्रा सकेर स्वदेश फिर्ता भएको छ ।

एन.आर.एनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल कन्सोलेट जनरल अफ (एन.एस.डब्लु) को आयोजनामा अष्ट्रेलिया प्रस्थान गरेको ब्याण्डले अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिजबेन एडिलेट, क्यानभेरा लगाएतका शहरहरुमा नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा कन्दराले आफ्नो लाइभ कन्र्सट प्रस्तुत गरेकोे ब्याण्डका भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो बिशुद्ध मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गितहरु हङ्गकङ्ग पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखी, बिदेसिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम भेडि गोठैमाको गितहरु प्रस्तुत गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

अष्ट्रेलियामा नेपालीहरुको उत्साहजनक उपस्थिति र सद्धावले आँफुहरुमा थप ऊर्जा थपेको ब्याण्डका ड्रमर सुनिल थापाले बताउनुभयो । सांगेतिक यात्रा लागि ब्याण्डका बुद्ध बर्जाचार्य किबोड, अमित गुरुङ्ग गितार, अशिम शेरचन गितार, अनिल गुरुङ्ग बेस गितार, अभिनास गायक मादल, सुनिल थापा ड्रमर र गायक बिबेक श्रेष्ठ जानु भएको थियो ।

करिब १ दशक पछि सांगितिक रुपमा पुन सक्रिय कन्दरा ब्याण्डको प्रशंसकहरुको क्रेज अष्ट्रेलियामा उत्तिकै देखिएको थियो । अब कन्दरा ब्याण्डले आफ्नो सांगितिक यात्रालाई निरन्तरता दिने बताएको छ । नेपाल फेस्टिबल अन्र्तगतको यो सांगितिक प्रस्तुती ऐतिहासिक भएको आयोजकले बताएका छन् । कन्दरा ब्याण्डको प्रस्तुतिलाई पुराना पुस्ताले मात्र नभएर नयाँ पुस्ताले पनि रुचाएका छन् ।

कमेन्टहरु
Loading...