पोखरा, २९ मंसिर/पुराना सारङ्गीबादक लालबहादुर गायक मुटुरोगबाट पीडित छन् । उनको यतिबेला काठमाण्डौस्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । अस्पतालले उनलाई आइसियूमा राखेर उपचार गरिराखेको उनको परिवारले जनाएको छ ।
दशैँपछि उनलाई रोगले च्यापेको हो । तर मंसिरको शुरुवातसँगै उनलाई रोगले थला पा¥यो । ‘शुरुमा पेट पोल्यो । त्यसपछि हातखुट्टा पोल्न थाल्यो । त्यसपछि त बोल्नै नहुने, ज्वरो मात्रै आउने, ज्यान सुन्निने जस्तो समस्या देखिन थाल्यो ।’ लालबहादुर गायककी श्रीमतीले भनिन्–‘जचाउँन अस्पताल लगियो । तर पोखराका डाक्टरहरुले काठमाण्डौ रिफर गरे ।’ यतिबेला आइसियूमा राखेर ४५ वर्षिय लालबहादुरको उपचार भैरहेको उनले सुनाईन् ।
कास्की हेमजाको यो परिवार सामान्य परिवार हो । लालबहादुरका दुई छोरामध्ये जेठो चाँहि खाडीतिर काम गर्छन् । कान्छो चाँहि पोखरामै सामान्य व्यवसाय गरेर बसिरहेका छन् । ग्राण्डीमा उपचाररत लालबहादुरको खर्च ठुलै आएको छ । सामान्य परिवारको खर्चले उनको उपचारलाई थेग्न सक्दैन ।
लालबहादुरको यहि समस्यालाई देखेरै हेमजा घर भएकै गायक बिनोद बानिँयाले उनको उपचारका लागि विदेशमा रहेका आफ्ना साथीहरुलाई सहयोगका लागि अपिल गरे । अमेरिकामा रहेका उनका साथी ध्रुब कुँवरले सहयोग उठाउने जिम्मा लिए । उनी लगाएत उनको समूहले केहि समय सहयोगका लागि अमेरिकामा अपिल ग¥यो । र, जम्मा भयो नेपाली रकम २ लाख ।
त्यहि २ लाख रुपैयाँ गायक बिनोद बानिँयाले बुधबार विरामी स्रष्टा लोकबहादुरको परिवारलाई उपलब्ध गराएका छन् । ‘एउटा स्रष्टा आर्थिक अभावमा अल्पायुमै जानु हुँदैन । उनीहरुलाई बचाउनुपर्छ भन्ने हिसाबले नै मैले मेरा साथीहरुलाई पहल गरेको हुँ ।’ गायक बानिँयाले बुधबार भने–‘यो सहयोग रकमले धेरथोर उहाँको उपचारमा सहयोग पु¥याउनेछ ।’ स्रष्टाहरुलाई मृत्युपर्यन्त सम्झनुभन्दा उनीहरुलाई मृत्युको मुखबाट फर्काउनु ठुलो कुरो भएको बानिँयाले बताए ।
लोकबहादुर एक हप्ता यता ला ग्राण्डीको आइसियूमा उपचाररत रहेको उनका भाई सम्मर गायकले जानकारी दिए । ‘दाईको अवस्था अहिले अलिक सुधारोन्मुख छ । डाक्टरले नआत्तिन भनेका छन् । जे होस्, दाईलाई केहि हुदैन भन्नेमा हामी ढुक्क छौँ ।’ सम्मरले भने–‘मुटुको भल्व फेर्नुपर्ने भनेका छन् । पुरानै लयमा उहाँ फर्किन नसकेपनि उहाँलाई सकुशल राख्न भने सकिने आश्वासन डाक्टरले दिएका छन् ।’
लालबहादुर विशेषगरि रत्यौलीमा चर्चित नाम हो । त्यो सँगै उनलाई गाऊँगाऊँका मानिसहरुले सारङ्गीबादकको रुपमा चिन्छन् । बैंशमा उनी सारङ्गी बोकेर धेरै गाऊँ चहारेका छन् । धेरै गाऊँका भाकाहरुलाई उनले प्रचार गरेका छन् । खासगरि ‘फूलको बासना’, ‘धान झुलेको छ’ जस्ता चर्चित गीतहरु उनैले लय भरेका गीतहरु हुन् । लालबहादुरको उपचारको लागि सहयोग गरिदिन उनको परिवारले सबैसमक्ष अपिल समेत गरेको छ ।