कलाकार आरपी ‘राजालाम’ को निधन

काठमाडौं, २४ मंसिर/हास्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको बिहीबार राती निधन भएको छ । बेलुका सकुशल रहेका आरपी बिहान मृत अवस्थामा भेटिएको परिवार स्रोतले जानकारी दिएको छ । प्रेसर र सुगर रोगका विरामी आरपी चार दिन अघि मात्र उनी आफ्नी फूपुको घर विराटनगर गएका थिए ।

आरपी हाँस्य टेली सिरियल ‘तितो सत्य’मा ‘राजालाम’का नामले परिचित थिए । उनले अभिनय गरेको चलचित्र ‘छक्का पञ्जा’ अहिले हलमा चलिरहेको छ । ‘वडा नम्बर ६’ लगायतका विभिन्न चलचित्रमा पनि आरपीको अभिनय छ ।

भट्टराईहरुको गोठ पूजा एवम् आफन्तको घरमा लगाइएको पुराणमा सहभागी हुन कलाकार भट्टराई परिवारलाई काठमाडौँमै छोडेर विराटनगर आएको पारिवारिक स्रोतले जनाएको छ । विराटनगरमा आफन्त सुशील अधिकारीको घरमा सुतेकै अवस्थामा शुक्रबार बिहान उनी मृत फेला परेका हुन । उनी त्यहाँ दुई दिनदेखि बसेका थिए ।

उनका श्रीमती र दुई छोरा छन् । विराटनगरमै पढीलेखी हुर्केका उनी गायन र अभिनयका लागि काठमाडौंमै बस्दै आएका थिए ।
आफ्न्तका अनुसार बिहीबार राति नोवेल अस्पतालमा आफन्त भेटेर कारमा चढेर आएका भट्टराई गफ गरेर सुतेका थिए । तर, बिहान चिया खान बोलाउन खोज्दा नबोलेपछि डाक्टर बोलाएर चेक गर्दा उनी मृत्यू भई सकेको थियो । उनको मृत्युको कारण खुल्न सकेको छैन् ।

https://www.youtube.com/watch?v=JQdQRrRj8RA

कमेन्टहरु
Loading...