दश बर्ष पछि कर्ण दासको हाम्रो नेपाल

पोखरा, १४ मंसिर/गायक कर्ण दासले आफ्नो सांगितिक यात्राको दश बर्ष पछिको अन्तरालमा फेरी अर्को नयाँ एल्बम “एउटा नयाँ आशा” दर्शक तथा श्रोतालाई पस्केका छन् ।

म्यूजिक नेपालको प्रस्तुतिमा गायक कर्ण दासको “एउटा नयाँ आशा” गीती एल्बममा १२ वटा गीतहरु समावेस गरिएका छन् । एल्बममा समावेस १२ वटा गीतहरु मध्ये एस.टु. प्रोडक्शनले निमार्ण गरेको “हाम्रो नेपाल” शिर्षकको राष्ट्र प्रेमी गीतको भिडियो युट्युब र टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ ।

नेपाल प्राकृतिक शुन्दरताले भरिपूर्ण देश हो, यहाँका बिभिन्न क्षेत्रका शुन्दर दृश्यहरुलाई कलात्मक तरिकाले भिडियोमा समावेस गरिएको छ । बिशेष गरि पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पुर्वको दमक, पर्वतको चित्रे र कुश्मा लगाएतका ठाँउहरुमा छायाँङ्कन गरिएको गायक कर्ण दासले जानकारी गराए ।

राष्ट्र प्रेमी गीत भएकोले बिभिन्न शुन्दर ठाउहरुलाई गीतको माध्यमबाट समावेस गरिएकोले आफुले निर्माण गरेको भिडियो मध्ये फरक र उत्कृष्ठ बनेको उक्त भिडियोका निर्देशक सुरज श्रेष्ठले दाबी गरे । छायाँङ्कन, सम्पादन र निर्देशन चर्चित फाटोग्राफर एवं सिनेमाटोग्राफर सुरज श्रेष्ठले नै गरेका हुन् ।

कमेन्टहरु
Loading...