प्रथम युनेक डान्सिङ आइडल २०७३ मा १२ जना फाइनल राउन्डमा

पोखरा, १२ मंसिर।प्रथम युनेक डान्सिङ आइडल २०७३ मा १२ जना प्रतियोगीतहरु फाइनल राउन्डमा प्रवेश गरेका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा भएको दोस्रो चरण पार गरेर फाइनलमा पुगेका हुन् । परिवर्तनका लागि युवा सञ्जाल (युनेक)को आयोजनामा भएको अडिसनमा ४० जनाले फाइनलको लागि नृत्य प्रस्तुत गरेका थिए । फाइनलमा अनिता सुनार, बिनिता सापकोटा, दिक्षा केसी, सन्जु पुन, ममता पुन, रोजी गुरुङ, निरुता श्रेष्ठ, सुहाना खत्री, समा पराजुली, स्वस्तिका परियार, सफलता केसी र रितु तामाङ पुगेका युनेक अध्यक्ष मौसम कार्कीले बताए ।

१२ जना प्रतियोगीतहरु फाइनल राउन्डमा
१२ जना प्रतियोगीतहरु फाइनल राउन्डमा

सेमिफाइनल राउन्डका लागि छनोटमा महेश गोदार र जयकुमार परियार रहेका थिए । फाइनलमा प्रवेश गरेका प्रतियोगिहरुले दोस्रो घाचोक महोत्सवमा प्रतिस्पर्धा हुने कार्कीले बताए । महोत्सव यही मंसिर १७ देखि २१ गतेसम्म घाचोकका मेघराज आधारभुत विद्यालयको प्रांगणमा हुने हुँदैछ । युनेक डान्सिल आइडल महोत्सवको मुख्य आकर्षणको रुपमा हेरिएको छ । डान्सिल आइडलमा प्रथम हुनेले नगद रु ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजारसहित म्युजिक भिडियोमा खेल्ने अवसर पाउने युनेकका उपाध्यक्ष विजय लम्सालले जानकारी दिए ।

आइडलले टिकटलाई भन्दा पनि प्रतिभाको कदर गर्ने कार्यक्रम संयोजक नर्वदा कुँवरले बताईन् ।‘घाचोक जाउँ दुध र बदामका परिकारमा रमाउँ’ भन्ने मूल नाराका साथ ५ दिन सम्म चल्ने महोत्सवमा आइडलका अतिरिक्त अन्तर गाविस स्तरीय रत्यौली गीत, दुना टपरी गास्ने, पर्यटक दौड, बाल उद्यान, दुध र बदामबाट बनेका परिकारहरुका प्रर्दशनी हुने जनाइएको छ । महोत्सवमा प्रजापति पराजुली, पशुपति शर्मा, राजु परियार, चोलेन्द्र पौडेल, पार्वती जिसी, लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने युनेकका उपाध्यक्ष लम्सालले बताए ।

कमेन्टहरु
Loading...