सानो परि एण्ड सानो बाबु २०१६ को उपाधी केशभी देवि श्रेष्ठ र प्रथम गुरुङलाई

मंसिर ५, पोखरा  ।सानो परि एण्ड सानो बाबु पोखरा २०१६” ट्यालेन्ट कन्टेस्टको सानो परि तर्फको उपाधीको केशभी देवि श्रेष्ठ र सानो बाबु तर्फको उपाधीको प्रथम गुरुङले प्राप्त गर्न सफल भएका छन् । जीत हाम्रो फाउन्डेशनको आयोजना र एस.टी. क्रियशनको ब्यबस्थापनमा पोखरामा शनिबार सम्पन्न बाह्रौं संस्करणको “सानो परि एण्ड सानो बाबु पोखरा २०१६” ट्यालेन्ट कन्टेस्टको सानो परि तर्फको उपाधीको गण्डकी बोडिङ्ग स्कुलकी ११ बर्षीय केशभी देवि श्रेष्ठले हात पारिन् भने सानो बाबु तर्फको उपाधीको कास्की मोडनाइज्ड ऐकेडेमी स्कुलका ११ बर्षीय प्रथम गुरुङले आफ्नो पेल्टामा पार्न सफल भएका हुन् ।

प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै “सानो परि एण्ड सानो बाबु २०१६” ट्यालेन्ट कन्टेस्टको बाह्रौं संस्करणको उपाधी पाउन सफल केशभी र प्रथमले विजेताको क्राउन र मेडल सहित १०–१० हजार रुपैयाँ नगद पनि पाप्त गरे ।प्रतियोगितामा सानो परि तर्फ सेन्ट मेरिज बोडिङ्ग स्कुलकी शिशा तामाङले फस्ट रनरअप, आकृति लामा रुम्बाले सेकेन्ड रनरअप, भुमिका ज्ञवालीले थर्ड रनरअप, प्रशंसा रानाभाटले फोर्थ रनरअफ र शिशु निकेटन स्कूलकी आकांक्षा आचार्यले फिफ्ट रनरअपको उपाधी हात पार्न सफल भए । त्यसै बाबु तर्फ शिशु निकेटन बोडिङ्ग स्कूलको आर्दश शर्माले फस्ट रनरअप, कुकुदिनी होम्सको अमिस महतोले सेकेन्ड रनरअप, गण्डकी बोडिङ्गको आयुष गुरुङले थर्ड रनरअप, मडरल्याण्ड उच्च मा.बि.को माहिर तामाङले फोर्थ रनरअफ र सिर्जना उच्च मा.बि.को अदित घिमिरेले फिफ्ट रनरअपको उपाधी प्राप्त गरे ।

पोखरा भरिका बिभिन्न २२ बिद्ध्यालयका ५८ जना बिद्ध्यार्थी नानी बाबुहरुले सहभागिता जनाएका थिए ।

सानो परि एण्ड सानो बाबु २०१६ को उपाधी देवि श्रेष्ठ र प्रथम गुरुङलाई
सानो परि एण्ड सानो बाबु २०१६ को उपाधी देवि श्रेष्ठ र प्रथम गुरुङलाई

उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई परिचय, प्रश्न उत्तरका साथै लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो । प्रतिस्पर्धीमध्ये सानो परि तर्फ अन्य ३२ जनाले बिभिन्न सबटाइटल र बाबुतर्फ १३ बटा सबटाइटल प्रदान गरिएको थियो । प्रतिस्पर्धीको मूल्याङकनका लागी बरिष्ठ सञ्चारकर्मी तथा रेडियो जननी ९०.६ मेगाहर्जकी स्टेशन म्यानेजर बिमला भण्डारी, गायीका तथा नबदिप बोडिङ्ग स्कूलका प्रिन्सीपल कौशल्या गुरुङ र मिसेज तिज २०६८ बिजेता, सञ्चारकर्मी एवं सौन्दर्यकर्मी रोजी श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

कमेन्टहरु
Loading...