कृष्ण आचार्य/ कात्तिक २८, पोखरा ।पोखरेली कलाकार माहोत्से गुरुङ्गले निमार्ण गरेको नेपाली कथानक चलचित्र “पुरानो डुङ्गा” यहि मंसिर १० गते देखी देशभरिका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने भएको छ ।आईतबार पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्माता एवं कलाकार माओत्से गुरुङले चलचित्र पुरानो डुङ्गा यहि मंसिर १० गते देखी देशभरिका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको जानकारी दिएका हुन् ।

सो अवसरमा बोल्दै गुरुङले चलचित्र पुरानो डुङ्गा ताल वरपर जिबन बिताउने एकदमै सामन्य परिवारका दुई दाजुभाईको कथा रहेको बताए ।चलचित्रमा दुई दाजुभाईका बिच पैतृक सम्पतीका बिषयलाई लिएर भएको कलहलाई देखाउन खोजिएको उनको भनाई छ । चलचित्रका अर्का कलकार दयाहाङ राईले समाजमा दाजुभाइ बिचको सोच नमिलेका कारण घरपरिवारमा हुने खटपट र सामाजिक विषयबस्तुको वरिपरि कथा घुमेको बताए । चलचित्रका निर्देशक राम बाबु गुरुङ्गले चलचित्र केहि फरक शैलिमा बनेको बताए ।

चलचित्रमा कलाकारहरु माहोत्से गुरुङ्ग,दयाहाङ राई,प्रीयंका कार्की, मेनुका प्रधान ,बुद्दी तामाङ, पुष्कर गुरुङ , धन बहादुर गुरुङ ,साजन थापा ,नौजङ गुरुङ ,बिश्वास गुरुङ पुणिमा गुरुङ लगाएतको अभिनय रहेको छ । चलचित्रको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन भने कथा माहोत्से गुरुङ्ग कै रहेको छ । तालको किनारमा डुंगा चलाएर आफ्नो परिवारको जिबिकोपार्जन गरिरहेको भक्त बहादुर भुजेलका भाई बतास बहादुर भुजेलले अंशमा डुंगा खोसिदिए पछि उसको परिवारमा आउने समस्या नै यस चलचित्रको मुख्य कथा रहेको चलचित्र युनिटको भनाई छ ।