पोखरा, ११ कात्तिक ।
आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ रामबजार युथ क्लबले पोखराको रामबजारमा गरेको चौथो रामबजार महोत्सव विहीबार पनि जारी रह्यो।रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले गरिएको महोत्सव शनिबारसम्म चल्नेछ।महोत्सवले कला संस्कृतिको प्रवद्र्वनगर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ।

पाँचौ दिन विहीबारसम्ममा झण्डै २० हजार दर्शकले महोत्सव अवलोकन गरेको क्लबका अध्यक्ष कुमार थिङग तामाङले जानकारी दिए। महोत्सवमा बालबालिका र युवायुवतीको बढि घुईचो लाग्ने गरेको छ।महोत्सवमा सांस्कृतिक कार्यक्रम, बाल उद्यान मुख्य आकर्षण बनेको छ। महोत्सवमा तिहारका लागि आवश्यक लत्ताकपडा र सामाग्री किन्नेको समेत घुईचो बढ्दै गइरहेको छ।महोत्सवको आकर्षणमा लोक नृत्य, राष्ट्रिय एवं स्थानीय कलाकारहरुकोप्रस्तुती, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, बाल उद्यान रहेका छन्।