उमेरले बल्ल २ दशक काटेको छ । पोखराबाट प्रशारण हुने माछापुच्छ्रे एफ एममा र गोल्डेन आई टेलिभिजनबाट कार्यक्रम प्रस्तुतीबाट धेरैको मन बसि सेकेकी छन् । उनी हुन् पोखरा ६ लेकसाईडकी रेनु थापा । पोखरा ८ सिमलचौर स्थित पोखरा लिङ्कन कलेजमा बिबिए चौथो बर्ष पढ्दै गरेकी छन् । भविश्वमा व्यापारी बन्दै कुसल सञ्चारकर्मी बन्ने उनको लक्ष्य रहेको छ ।
गोलडेन आई टेलिभिजनमा भिजेको रुपमा करिब दुई वर्ष देखि र माछापुच्छ्रे एफ एममा ६ बर्ष देखी काम स्रोता तथा दर्शकको मन जित्दै आएकी छन् । टेलिभिजनमा भिजेको रुपमा देखिन थालेपछी रेनु धेरै फ्यान फ्लोअर्स बटुल्न सफल भएकी छिन् । उनी पढ्नका अलवा नयाँ नयाँ ठाउँ घुम्न, असाय र असक्त व्यक्तिहरूलाई सहयोग गर्न रूचाउने बताउ छिन्। उनलको लक्ष्य पहिले अध्ययनलाई आफ्नो प्राथमिकतामा राखेकि उनी अध्ययन पश्चात संचारमाध्यम र आफ्नो करिअरलाई पनि संगै अगाडि बढाउने बताउ छिन् ।

उनले हाल गोल्डेन आई टेलिभिजनबाट ‘हर्ट टु हर्टु कार्यक्रममा एउटा भिन्न अनुहार भिजेको रुपमा दर्शकहरुले टेलिभिजन पर्दामा देख्न पाए । गोरो बर्ण, मिलेको जिउडाल, उस्तै मृदुभासी बोली, अनि दर्शकलाई लठ्याउने उनको प्रस्तुति छ । कार्यक्रमको नाम नै ‘हर्ट टु हर्टु दर्शकको ूहर्टमाू बस्न सफल भएको छ उनले चलाउने कार्यक्रम। साना बालक देखी बृद्दसम्म उनको बोलीको प्रसंसक छन् र ५ बज्नासाथ धेरैको आखाँले उनको कार्यक्रम कुरेर बस्छ ।
पर्दा पछाडी काम गर्दा थोरैले मात्र चिन्थे तर अहिले धेरैले चिन्न थालेका छन्ुउनी भन्छिन्। हर्ट टु हर्ट चलाउने भन्दै बाटोमा मानिसहरू कुरा गर्दै हिड्दा आफूले गरेको कामको राम्रो नतिजा आएको र आफूलाई अझै राम्रो काम गर्न हौसला मिलेको समेत ऊनी बताउछिन्। मेला, फेसन सो र सौन्दर्य कार्यक्रमहरू चलाइ सकेकी उनलाई दर्शक र स्रोता नै आफ्नो प्रेरणा भएको बताउ छिन् ।