पोखरा, २२ असोज /पुरानो र निकै चलेको गीत बेनिको बजार जता माया उतै छ नजरको रिमिक्सका गीत बनाएर बजारमा आएको छ । लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेल, एफटि अमित लगुन रहेका छन् ।
रिमिक्स गीतको शब्द प्रेम बराल, संगित लक्ष्मण पौडेलको रहेको छ । युटुबबाट सार्वजनीक भएको गीतको दुई दिनमा नै ७० हजार भन्दा बढिले हेरि सकेका छन् भने पुरानो गीतलाई बिगारेको भन्दै कति पयले कमेन्ट पनि गरेका छन् ।
बेनिको बजार गीतको पुरानो गीतमा मन कुमारी छन्त्याल श्रेष्ठको एक्क आवाजमा रहेको छ । त्यस पछि केहि वर्ष अगाडी दोहोरीको रुपमा राजु परियार, प्रेम बराल, विमा कुमारी दुरा र मन कुमारी छन्त्याल श्रेष्ठको स्वरमा आएको थियो ।
https://www.youtube.com/watch?v=0jefHDLnC1E