घटस्थापनाका दिन पोखरामा लायन्स नाईट हुने

पोखरा, ४ असोज/लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले लायन्स नाईट–२ गर्ने भएको छ । घटस्थापनाका दिन पोखराको फुलबारी रिसोर्टमा साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा सबिन राई, रामभक्त जोजिजु, इतु जोजिजु लगायतका नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन सुदिप पौडेलले कार्यक्रमका बारेमा जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘नेपालीहरुको महान पर्व बिजयादशमी तथा दिपावलीको अवसरमा पोखरामा रहेका लायन्स तथा गैरलायन्सहरु विच शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ कार्यक्रम संयोजक समेत रहेका क्लबका अध्यक्ष पौडेलले बताए ।

क्लबले अघिल्लो वर्ष देशमा नाकाबन्दीले सिर्जित बिषम परिस्थितीका बावजुद पनि लायन्स क्लबका सदस्य तथा लायन्स क्लब संग आवद्ध नभएका ब्यक्तिहरु विचको भावनात्मक एकताका लागि लायन्स नाईटको परिकल्पना गरेको र त्यसको सफलताले हौसिएर यस वर्ष पनि कार्यक्रम गर्न लागेको क्लबका प्रथम उपाध्यक्ष बिष्णुवावु खड्काले बताए । कार्यक्रममा बर्ष २०१५–१६ का गर्भनरलाई बिदाई सम्मान तथा वर्ष २०१६–१७ का गर्भनरलाई स्वागत सम्मान गरिने क्लबका द्धितिय उपाध्यक्ष लायन निरन केसीले जानकारी दिए ।

कार्यक्रममा ५ सय देखि ७ सयको संख्यामा पोखराका लायन्स सदस्य तथा गैर सदस्यहरुको उपस्थिती रहने अनुमान गरेको क्लबका तृतिय उपाध्यक्ष लायन बिनय थापाले सुनाए । कार्यक्रमको ब्यवस्थापनको जिम्मा पब्लिक इभेन्टले लिएको छ । एन अनर टु गर्भनर नाराका साथ गर्न लागिएको कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष लायन सुदिप पौडेलको संयोजकत्वमा बिभिन्न उपसमिती निर्माण गरेको छ ।

जसमा संस्थापक अध्यक्ष प्रदिप कुँवर इभेन्ट संयोजक, सन्जय कुमार मल्ल प्रचारप्रसार संयोजक, निरन केसी जनसम्पर्क तथा पत्राचार ब्यवस्थापन संयोजक, बिष्णुबाबु खड्का मायाको चिनो ब्यवस्थापन संयोजक, एकराज गिरी अर्थ संयोजक, दिपक थापा ब्यानर डिस्प्ले संयोजक, बिनय थापा, उत्तम गुरुङ्ग, सुनिल जिसी ब्यानर ब्यवस्थापन संयोजक, सुदिप गुरुङ्ग साउण्ड तथा लाईट ब्यवस्थापन संयोजक, भिम क्षेत्री स्वयमसेवक परिचालन संयोजक, किसन गिरी अतिथी सत्कार संयोजक, हेमन्त मल्ल यातायात ब्यवस्थापन संयोजक, प्रकाश कार्की स्टेज ब्यवस्थापन, बिरेन्द्र कुँवर जलपान ब्यवस्थापन संयोजक, अर्जुन केसी टिकट ब्यवस्थापन संयोजक तोकिएको प्रचार प्रसार संयोजक सन्जय मल्लले जानकारी दिए । कार्यक्रमबाट बचेको रकम भुकम्प पिडित स्कुलको पुर्ननिर्माणका लागि खर्चिने अर्थ संयोजक एकराज गिरीले बताए ।

कमेन्टहरु
Loading...