गायक सुनील बर्देवाको निधन

काठमाडौं, २९ भदौ /गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार साझँ निधन भएको छ। जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको निधन उनका पारिवारीक स्रोल जानकारी दिएको हो ।

सुनील बर्देवा
सुनील बर्देवा

बिहान खाना खाँदासम्म ठिकै रहेका बर्देवा दिउँसो अचानक रगत वान्ता गरेपछि अस्पताल ल्याइएको थियो । सुनीलले गाएको गोरेटो अनि गल्ली गीतका गीतकार हुन्। जब म निद्रामा हुन्छु, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा लगायत थुप्रै गीतबाट चर्चित संगीतकर्मी बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए। तर उनी गायन र संगीतबाट चिनिएका थिए।

थुप्रै गीतमा शब्द, संगीत, गितारवादन, एरेन्ज दिएका बर्देवा पछिल्लो समय नयाँ एल्बमको तयारीमा थिए। ‘मेट्रिक्स’ नामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवाले साठीको दशकमा चर्चित नवीन के भट्टराई, निमा रुम्बा लगायत पप गायकका अधिकांश गीत एरेन्ज गरेका थिए। काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ। छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छन्।

कमेन्टहरु
Loading...