मिस एण्ड मिसेस फिटनेश (जुम्बा) को उपाधि बिजु रानामगरलाई

पोखरा, २६ भदौ/सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरको आयोजना तथा एस.टी. क्रियशनको ब्यबस्थापनमा भएको मिस एण्ड मिसेस फिटनेस २०१६ को उपाधि बिजु रानामगरले जितेकी छन् ।

अन्य प्रतिस्प्रर्धीलाई पछि पार्दै रामबजारकी २३ बर्षिया बिवाहित बिजु रानामगरले मिस एण्ड मिसेस फिटनेश २०१६ को ताज पहिरिन सफल भईन् । उनले वेष्ट पर्सनालिटी र मोस्ट पपुलर अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । “अहिलेका युवाहरु रोजगार वा उच्च शिक्षाको लागि विदेशिने प्रवृतिलाई तपाई कसरी लिनुहुन्छ ? र स्वदेशमै युवा शक्तिलाई परिचालन गर्न सकिने उपायहरु के–के हुन सक्छन् ?” भन्ने निर्णायकको अन्तिम प्रश्नको सर्बोकृष्ट जवाफ दिँदै बिजुले निर्णायक र दर्शकहरुको मन जित्न सफल भई मिस एण्ड मिसेस फिटनेश २०१६ को बिजेता बन्न सफल भएकी हुन् ।

मिस एण्ड मिसेस फिटनेश (जुम्बा) को उपाधि बिजु रानामगरलाई
मिस एण्ड मिसेस फिटनेश (जुम्बा) को उपाधि बिजु रानामगरलाई

एन.आर.एल. मा ल्याब टेक्निसीयनको रुपमा कार्यरत बिजुले बिजेताको क्राउन सँगै ३० हजार रुपैया नगद र अन्य हजारौका गीफ्ट भौचरहरु प्राप्त गरिन् । त्यस्तै प्रतियोगितामा न्यूरोडकी २० वर्षीया मिस रोशनी चौधरीले फस्ट रनरअपको उपाधि संगै मोस्ट ट्यालेन्टेड र मोस्ट पङ्चुअल अर्वाड हात पारिन् भने सेकेण्ड रनरअपमा तनहुँकी २४ बर्षिय मिस प्रमिला थापामगर हुन सफल भईन् उनले मोस्ट इन्थुजिएस्टीक अर्वाड पनि प्राप्त गरिन् ।

उनीहरूले क्रमस क्राउन संगै २० हजार र १५ हजार नगद रुपैया सहित आर्कषक पुरस्कार प्राप्त गरेका थिए । उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो । प्रतियोगितामा प्रतिस्प्रर्धीले जुक्बा नृत्य राउण्ड, परिचय राउण्ड, प्रश्न उत्तर राउण्ड र अन्तिम प्रश्नको उत्तर लेखेर बाचन गरिसके पछि अन्तिम निर्णय आएको थियो ।
सञ्चारकर्मी सुरज थापाको कोरियोग्राफी भएको उक्त कार्यक्रमा सह–कोरियोग्राफरको रुपमा पुजन ज्योती थापा, सौरभ थापा रहेका थिए ।

कमेन्टहरु
Loading...