‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा विमर्श

पोखरा, २५ भदौ /कथाकार राजेन्द्र पराजुलीको कथा सङ्ग्रह ‘शुव्रmराज शास्त्रीको चस्मा’माथि पोखरामा शनिबार विमर्श गरिएको छ । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आप्mनो मासिक पुस्तक विमर्शको ६७ औँ शृङ्खलामा पराजुलीको कथा सङ्ग्रहमाथि बहस गर्नेे चाँजो मिलाएको हो ।

कृतिको चर्चा गर्दै युवा समालोचक राजिन पनेरुले शुव्रmराज शास्त्रीको चस्मा प्रेम, राजनीति र पत्रकारिताका क्षेत्रमा देखिएका विभिन्न विषयवस्तुहरुमाथिको ‘डिस्कोर्स’ समावेश गरिएको बताउनुभयो । ‘राजनीति, पत्रकारिता र प्रेमका अतिरिक्त सङ्ग्रहमा वर्तमान सहरिया समाजमा बढ्दै गइरहेको संवेदनहीनतालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ’ पनेरुले भन्नुभयो, ‘नेपालको वामपन्थी राजनीतिमा देखिएको स्खलनको त उछितो नै कृतिमा काढिएको छ ।’

लोकतान्त्रिक नेपालको जीवन शैलीलाई राम्ररी चित्रण गरिएको कृतिमा समावेश गरिएका कथाहरु जुनसुकै वर्गका पाठकले बुझ्ने र गम्भीर भएर सोच्न पार्ने हुनु नै कृतिको मूल शक्ति भएको दाबी समालोचक पनेरुको थियो । कथाकार पराजुलीले नेपाली साहित्यमा युवा पुस्ताले साहित्य पढिदिएनन् भनेर दुखेसो गर्ने तर तिनका रुचिलाई समेट्ने गरी लेख्न भने ध्यान नदिइएको बताउनुभयो । राजनीतिलाई विषयवस्तु मात्र नभई विचारकै रुपमा कथामा प्रस्तुत गरेको भन्ने पाठकको प्रतिव्रिmयाको जवाफमा उहाँले भन्नुभयो, ‘म राजनीतिक विकृतिलाई कथाकै माध्यमबाट झापड हान्छु ।

‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा विमर्श
‘शुक्रराज शास्त्रीको चस्मा’माथि पोखरामा विमर्श

राजनीति, सामाजिक विकृति र किनारीकृत समुदायको सवाल नै मेरो कथाका मूल टेको हुन् ।’ कथा लेखनमा स्पष्ट भएको बताउँदै पराजुलीले आफूले कुनै पनि राजनीतिक विचारको पृष्ठपोषण गरेको नभई तिनमा व्याप्त विकृतिको पर्दाफास गरेको बताउनुभयो । २० ओटा कथा समेटिएका कृतिको छिटै दोस्रो संस्करण प्रकाशनको तयारी भएको जानकारी दिँदै आवश्यक परिमार्जन गर्ने प्रतिबद्धता पराजुलीले व्यक्त गर्नुभयो ।

सोसाइटी तथा कार्यव्रmमका अध्यक्ष उपेन्द्र पौडेलले सोसाइटीले विमर्शलाई आम पाठकसमक्ष उठान गर्दै आएको बताउनुभयो । उहाँले पाठक र लेखकलाई प्रत्यक्ष भेट गराउने एउटा माध्यमका रुपमा सोसाइटीले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सोसाइटीका सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र उपाध्यक्ष केशवशरण लामिछानेको स्वागतमा भएको कार्यव्रmममा अर्जुन ढकाल, भीम रानभाट, मोती भुजेल, नेपालप्रकाश अधिकारीलगायतका पाठकहरुले टिप्पणी गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...