इमेज लोक कलाकारको पोखरा अडिसन भदौ २४ मा

पोखरा, २३ भदौ /गाउँ गाउँमा लुकेर रहेका प्रतिभा खोजीको लागि इमेज च्यानलले ‘इमेज लोक कलाकार’ प्रतियोगिताको तयारी तीव्र पारेको छ । भदौ २४ र २५ गते पोखराको घारीपाटनस्थित होटल जलमहलमा पोखरा अडिसन हुने आयोजकले जनाएको छ ।

लोक गीतको उर्वर भूमि मानिने गण्डकी क्षेत्रबाट उल्लेख्य सहभागिता रहने आयोजकको अनुमान छ । पोखरामा बुधवार आयोजित पत्रकार सम्मेलनमा कार्यव्रmमकी कार्यक्रमका उप–कार्यकारी निर्माता अनुषा पौडेलले प्रथम हुनेलाई नगद १ लाख रुपैयाँसहित सांगीतिक एल्बम र भिडियो निकाल्ने अवसर प्रदान गरिने बताउनुभयो । इमेज टेलिभिजनको उकाली–ओरालीमा कार्यक्रम प्रस्तोताको अवसरसमेत पाउने उहाँले जनाउनुभयो ।

इमेज लोक कलाकारको पोखरा अडिसन भदौ २४ मा
इमेज लोक कलाकारको पोखरा अडिसन भदौ २४ मा

अडिसन पोखरापछि धरान र काठमाडौँमा हुने छ । पोखरा अडिसनमा विशेष गरी गण्डकी र धौलागिरी अञ्चलका जुनसुकै उमेर समूहका प्रतियोगीले भाग लिन सक्ने कार्यक्रमका कार्यकारी निर्माता अनुपा श्रेष्ठले जनाइन् । नेपाली टेलिभिजन इतिहासमा पहिलो पटक इमेज टेलिभिजनले विशुद्ध नेपाली लोकगीत गायनको वृहत प्रतिष्पर्धा गर्न लागेका निर्माता विकास श्रेष्ठ मिलनको दावी छ ।

पत्रकार सम्मेलनमा पोखरा अडिसनका लागि राष्टिय लोक दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायिका शान्ति गुरुङ र तेजेन्द्र गुरुङ निर्णायक निर्णायक मन्डलको घोषणा पनि गरिएको थियो । कार्यव्रmममा निर्णायक न्यौपानेले पश्चिमान्चलको परिचय दिन सक्ने कलाकारहरुलाई सकेसम्म छनोट गरिने बताउनुभयो । लोकगीत गायन प्रतिस्पर्धालाई कसरी आकर्षक र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा यसअघि इमेज टेलिभिजनले विभिन्न कार्यक्रमसमेत गर्दैआएको छ ।

कमेन्टहरु
Loading...