‘मेलोडी अवार्ड’ बाट गीतकार तीर्थ तामाङ सम्मानीत

पोखरा, २१ भदौ/पोखराको चिप्लेढुङ्गामा रहेको मेलोडी क्याफे एन्ड लाउन्ज वारले प्रदेश नम्बर चारमा गीत संगित क्षेत्रमा योगदान दिएको व्यक्तीलाई सम्मान स्थापना गरेको ‘मेलोडी अवार्ड’ बाट गीतकार तीर्थ तामाङ सम्मानीत भएका छन् ।

‘मेलोडी अवार्ड’ बाट गीतकार तीर्थ तामाङ सम्मान गर्दै । तस्विर ः सविन गुरुङ
‘मेलोडी अवार्ड’ बाट गीतकार तीर्थ तामाङ सम्मान गर्दै । तस्विर ः सविन गुरुङ

क्याफेको दोस्रो वार्षिकोत्सवको अबसरमा नगद २५ हजार ५ सय २५ रुपैया सहित, ताम्रपत्र र दोसल्लाले तामाङलाई संस्कृती कर्मि तीर्थ श्रेष्ठ, क्याफेका सञ्चालक तथा गायक विनोद बानिया लगायतले सम्मान गरेका हुन् ।

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले तामाङलाई अवार्ड प्रदान गर्नका लागि सिफारीस गरेको थियो । प्रदेशनम्बर ४ मा रहेर गीत संगीतमा योगदान पुर्याउने ब्यक्तिहरुको तर्फबाट पहिलोपटक तामाङलाई सम्मान गर्न लागिएको सञ्चालक बानिायाले बताए । तामाङ तीन दशकसम्म गीत संगीतको क्षेत्रमा क्रियाशिल छन् ।

४० को दशकदेखि नै लेखन थालेका तामाङको झण्डै ३० वटा गीत रेकर्ड भएका छन् । उनले लेखेका गीतमा कर्ण दास, विवेक श्रेष्ठ, विनोद बानियाँ लगायतले आवाज भरेका छन् । २०५० सालमै कर्ण दासको आवाज र सुन्दर थापाको संगीतमा ‘ब्यर्थै फेरि घाइते मुटु बल्झियो ’ वोलमा उनको पहिलो गीत रेकर्ड भएको थियो । यो गीतले कर्णदासलाई थुप्रै अवार्ड समेत जितेका थिए ।

गायक बानियाँ सहित शेखर शेरचन, गणेश बसौला, अशोककुमार गुरुङले सञ्चालन गरेको मेलोडी क्याफेले अवार्डलाई निरन्तरता दिने जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...