आदर्श समाजको तीजगीत प्रतियोगितामा कामधेनु कृषक महिला प्रथम

पोखरा, २१ भदौ /आदर्श समाज सामाजिक संस्था पोखरा १२ रानीपौवा पुरानोधाराले आयोजना गरेको ८ औ संस्करणको खुल्ला तीजगीत प्रतियोगिताको उपाधी कामधेनु कृषक महिला समुह हेम्जाले हात पारेको छ । हरितालिका तीजको अवसरमा आयोजना गरेको तीजगीत प्रतियोगितामा १८ टीमलाई पछि पार्दै कामधेनु कृषक महिला समुहले उपाधी संगै १५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र हात पारेको छ ।

प्रतियोगितामा दोश्रो स्थान हासिल गर्दै देविस्थान भजन मण्डली महिला समुह हेम्जाले नगद १० हजार सहित प्रमाण पत्र हात पार्न सफल भयो । त्यसैगरी प्रतियोगितामा कमल जैसी समुहले तेश्रो स्थान हासिल गर्दै नगद ७ हजार र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा अमरसिंह दृष्टीबिहीन समुह र महाकालेश्वर समुहले शान्तवना स्थान हासिल गरे । उत्कृष्ट भेषभुषामा माछापुच्छ«े चौतारी आमा समुह र उत्कृष्ट नृत्यमा प्रेममायाको समुहले पुरस्कार हात पारे ।

आदर्श समाज सामाजिक संस्थाको तीजगीत प्रतियोगितामा कामधेनु कृषक महिला समुह प्रथम
आदर्श समाज सामाजिक संस्थाको तीजगीत प्रतियोगितामा कामधेनु कृषक महिला समुह प्रथम

सो समारोहमा अमरसिंह दृष्टीबिहीन समुहलाई प्रोत्साहन स्वरुप आदर्श महिला समुह र भीमसेन केसीको सहयोगमा नगद १० हजार सहयोग प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णायकहरुमा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको सयोजकत्वमा माया गिरी र सरस्वती परियार रहेका थिए । उक्त कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका वरिष्ठ सल्लाहकार बुद्धि बहादुर गुरुङ गौरी, लोक दोहोरी गायक टस बहादुर गुरुङ, संगीता आले मगर लगायतले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पुनरावेदन अदालत पाटनका माननीय न्यायधिश सारङगा सुवेदीले पुरस्कृत टिमलाई पुरस्कार प्रदान गरेकी थिइन । सो अवसरमा वोल्दै प्रमुख अतिथी सुवेदीले महिलाहरुलाई हेर्ने दृष्टीकोण महिलाबाटै परिवर्तन हुन जरुरी रहेको वताउदै कोही घरको बुहारी कोही घरको छोरी भएकाले सवैले महिलालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउन सकेमात्र सम्मुनत समाज बन्ने वताइन ।

संस्थाका अध्यक्ष शिव प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्की क्षेत्र नम्बर दुइका सांसद सारदा पौडेलको विशेष उपस्थिती रहेको थियो । संस्थाका सचिव तथा लोक दोहोरी प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेम राज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष बिजया लक्ष्मी कोइरालाले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइनभने कार्यक्रमको बारेमा संस्थाका पूर्व अध्यक्ष शम्भुराज बास्तोलाले प्रकाश पारेका थिए । प्रतियोगिताको मुल संयोजक शान्ति कोइराला रहेकी थिइन ।

कमेन्टहरु
Loading...