तेस्रो तीज गीत प्रतियोगितामा धारापानी आमा समूह प्रथम

पोखरा, १८ भदौँ /“तेस्रो जननी तिज विशेष हस्तकला व्यापार मेला–२०७३” सम्पन्न भएको छ । “आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता” भन्ने मुल नाराका साथ पद्मावती मिडिया प्रा.लि द्वारा सञ्चालित रेडियो जननी ९०.६ को आयोजनामा सम्पन्न भएको मेलामा उद्यमशीलता र सरसफाई सम्बधी सामुहिक तीज गीत प्रतियोगितामा धारापानी आमा समुह प्रथम हुँदै नगद रु २० हजार जितेको छ ।

तेस्रो तीज गीत प्रतियोगितामा धारापानी आमा समूह प्रथम
तेस्रो तीज गीत प्रतियोगितामा धारापानी आमा समूह प्रथम

द्धितिय हुन सफल विश्वकर्मा महिला समुहले नगद रु १५ हजार, तृतीय हुँदै दिदिबहिनी समुह हेमजाले नगद रु १० हजार जितेको छ । त्यस्तैगरी महाकालेश्वर टोल विकास संस्था समुहले सान्त्वना हुँदै ३ हजार पुरस्कार जितेको छ । उत्कृष्ट भेषभुषामा प्रगतिशिल आमा समुहले नगद रु ३ हजार हात पारेको छ भने उत्कृष्ट नृत्यमा अलकापुर आमा समुहले नगद रु ३ हजार पुरस्कार जितेको छ ।

प्रतियोगिताको निर्णायकमा लोक तथा दोहोरी गीत प्रतिष्ठान धौलागीरीका निर्वतमान अध्यक्ष तथा संगित संयोजक तारानाथ आचार्य, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका महा सचिव सुरेन्द्र गुरुङ, र लोक गायीका लक्ष्मी सुवेदी रहनुभएको थियो । तीज गीत प्रतियोगितामा ४० समुहले सहभागीता जनाएका थिए ।

कार्यक्रममा सासंद सारदा पौडेलले तडकभडक विनाको तीज मनाउन आग्रह गर्दै रेडियोले उद्यमशील बन्न प्रेरित गर्दै विभिन्न वडामा गरिएका कार्यक्रमहरुको प्रशंसा गर्नुभयो । उहाँले पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षको उम्मेदवार दिनुभएकोमा रेडियो जननीका अध्यक्ष हिरा भट्राईलाई सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले अहिलेको संविधानले महिलाहरुको हक र अधिकारको सुनश्चित गरेको बताउनुभयो ।

कमेन्टहरु
Loading...