कल्याण शेरचन स्मृति प्रतिष्ठानमा पुन ः पुर्णबहादुर ह्योल्मो

पोखरा, १३ साउन/कल्याण शेरचन स्मृति प्रतिष्ठानको पाँचौ बार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनले आगामी दुई वर्षका लागि पुनः पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिकांश पुरानै कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन हुनुभएको छ ।

पोखरा ३ नदिपुरस्थित थकाली सेवा समितिमा सम्पन्न महाधिवेशनले प्रतिष्ठानको उपाध्यक्षमा ज्ञानबहादुर थापा, सचिवमा श्रीजंग गुरुङ, कोषाध्यक्षमा प्रदिप गौचन र सदस्यहरुमा कमलबहादुर गुरुङ, गजबहादुर गुरुङ, तेजबहादुर केसी, इश्वरी राना, धर्मा गुरुङ, हेमा परियार, अशोक शेरचन, जीवन दाहाल र बुद्धिलक्ष्मी गुरुङ सर्वसम्मत चयन हुनुभएको हो ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानमा पुन ः पुर्णबहादुर ह्योल्मो
कल्याण शेरचन स्मृति प्रतिष्ठानमा पुन ः पुर्णबहादुर ह्योल्मो

नवगठित कार्यसमितिको नामावली निर्वाचन मण्डलका संयोजक, प्रतिष्ठानका कानुनी सल्लाहकार तथा पोखरा उपमहानगरपालिकाका बरिष्ठ कानुनी अधिकृत नारायणप्रसाद शर्माले घोषणा गर्नुभएको थियो । निर्वाचित मण्डलको सदस्यहरुमा प्रतिष्ठानका सल्लाहकार  दीपेन्द्र श्रेष्ठ र सल्लाहकार, वरिष्ठ संस्कृतिकर्मी बुद्धिमान दुरा(धम्पु) रहनु भएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई प्रतिष्ठानका संरक्षक वरिष्ठ स्रष्टा, चलचित्रकर्मी, संगीतकार चेतन कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । सपथ ग्रहण पश्चात पुनः निर्वाचित अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुहुदै लोक स्रष्टा, शिल्पी, साधक स्वर्गीय कल्याण शेरचनको सिर्जनात्मक सम्पत्तिहरुको संरक्षणमा जोड दिने बताउनुभयो । उहाँले स्वर्गीय शेरचनद्धारा रचित, स्वरवद्ध र संगीत दिनुभएको सिर्जनाहरुको खोजी गरी संरक्षण गरी प्रतिष्ठान सम्पत्तिको सुरक्षित गर्ने बाचा गर्नुभयो ।

प्रतिष्ठानका कार्यालय स्थापना गरी संस्थालाई थप व्यवस्थित र उचाईमा पुर्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र थकाली सेवा समाजसँग सहकार्य गर्ने उद्घोष गर्नुभयो । यसरी नै बन्द सत्रमा प्रतिष्ठानका संरक्षक स्वर्गीय कल्याण शेरचनका दाई नरबहादुर शेरचनले प्रतिष्ठान स्थापना देखि गर्दै आएको गतिविधीको प्रसंसा गर्नुहुदै परिवारजनको तर्फबाट आभार व्यक्त गर्नुभयो । प्रतिष्ठानका सचिव श्रीजंग गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदिप गौचनले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो ।

यस अघि साधारणसभा तथा महाधिवेशनको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि शिक्षाविद गणेशबहादुर गुरुङले पोखरा लगायत नेपालकै समृद्धिका लागि साँस्कृतिक, शैक्षिक, खेलकुदको क्षेत्रबाट योगदान पुर्याएको भन्दै कल्याण शेरचनलाई स्मरण गर्नुभयो । पृथ्वीनारायण क्याम्पसका पुर्व प्रमुख गुरुङले साँचो अर्थमा शेरचन प्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उहाँले योगदान इटा थप्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका संरक्षक चेतन कार्कीले कल्याण शेरचनले सकरात्मक सोंचका साथ समाज र राष्ट्रको समृतिका लागि जुट्नुपर्ने सन्देश दिनुभएको बताउनुभयो । प्रतिष्ठानमा हाल आजीवन र साधारण गरी १२२ जना सदस्य रहेको सचिव श्रीजंग गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...