पोखरा आउदै गरेको बस पेस्तोल देखाएर लुटपाट

दमौली, २ साउन/ नक्कली पेस्तोल देखाएर बसका यात्रुलाई लुटेपाट गरेर फरार एक अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँबाट पोखरा आउदै गरेको ग १ ख ६१९९ नम्बरको यात्रुबाहक बसका चालकलाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने रमेश विकलाई प्रहरीले पक्राउ गरेको छ।

बस कब्जामा लिएर लुटपाट गर्ने काहुँशिवपुर १ निवासी २४ वर्षीय विकलाई प्रहरीले भाग्दै गरेको अवस्थामा प्रक्राउ गरेका प्रहरीले जानकारी दिएको छ । उनलाई घटना भएका डेढ घण्टा पछि प्रहरीले प्रक्राउ गरेका पश्चिम प्रहरी प्रवक्ता श्याम अयालले जानकारी दिए ।

विकले घाँसीकुवामा बस आइपुगेपछि नक्कली पेस्तोल देखाएर बसलाई पोल्याङ लगेका थिए। त्यसक्रममा बसका चालक, सहचालक तथा यात्रुबाट करिब २५ हजार नगद लुटेको यात्रुको भनाइ छ।

बिहान ३ बजे भएको घटनापछि फरार विकलाई प्रहरी टोलीले व्यास ११ स्थित विद्युत शवस्टेशननजिकै पक्रेको अर्यालले बताए । विकले १२ ओटा मोबाइल समेत लुटेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...