प्रेस सेन्टर कास्कीको सम्मेलन शुक्रबार

पोखरा, २१ असार /प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशन यही असार २४ गते पोखरामा हुने भएको छ । बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) कि प्रवक्ता पम्फा भुषालले गर्ने तय भएको छ ।

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन आयोजक समिति संयोजक दीपक परियारले जानकारी दिए । सम्मेलन सम्पन्न गर्न संयोजक परियारको संयोजकत्वमा आर्थिक उपसमिति, रोशनी तमुको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, रामप्रसाद तिमिल्सिनाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको थियो ।

सम्मेलन तयारीका लागि उमा आलेको संयोजकत्वमा पत्रकार महिला समन्वय उपसमिति, विश्व सुवेदीको संयोजकत्वमा प्राविधिक समन्वय उपसमिति, शान्ति पोखरेलको संयोजकत्वमा जलपान उपसमिति र रामचन्द्र राइको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन भएको थियो ।

सम्मेलन तयारीकै क्रममा आयोजक समितिले सदस्यता बृद्धिलाई तीव्रता दिएको छ । समितिले बुधबार कास्कीका संचारमाध्यममा पुगि पत्रकारसँग भेटघाट र बिहीबार मोटरसाइकल ¥याली गर्ने भएको छ ।

कमेन्टहरु
Loading...