प्रतिष्ठान गण्डकीको एकल गीत प्रतियोगिता

पोखरा, ७ असार/विश्व संगीत दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलले विद्यालय स्तरीय खुल्ला एकल लोक गीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतिषठान कास्की र लोक संगीत समुहको सहयोगमा अक्सफोर्ड स्कुलको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा १३ विद्यालयका विद्यार्थीको सहभागितामा पास्कल एकेडेमीकी अस्मिता आचार्य प्रथम, ताराकुन्ज बोर्डिङ स्कुल कि कविता शर्मा द्धितिय, कास्की मोडनाइज एकेडेमीका बिहानी पौडेल र सिद्धिबिनायक बोडिङ स्कुलका प्रविन विक सान्तवना भए । विजेता विद्यार्थीलाई प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरे ।

सोही अवसरमा गायिका बालुमाया काउछा मगरलाई दोसल्ला, माला र खादाद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ हरिदेवी कोइरालाले विद्यालय स्तरबाट लोक गीतको सुरुआत गरेकोमा खुशी व्यक्त गरिन् । ‘लोकगीत संरक्षणमा विद्यार्थीको सहभागिता देखेर खुशी लाग्यो,’ उनले भनिन, ‘नयाँ जेनेरेसनले लोक गीतलाई अगाल्दै लैजानुपर्छ, लोक संगीत बचाउने जिम्मा नयाँ पिढीको हो ।’

कार्यक्रममा शिरीष देवकोटा, अम्मर धिताल, राजन कार्की, शान्ति गुरुङ, हरिदेवी कोइराला, दिलु लामा, पुरुषोत्तम गैरेले साँगीतिक प्रस्तुति राखेका थिए । लोक गीत प्रतियोगितामा शान्ती गुरुङ, चोलेन्द्र पौडेल, पार्वती जिसीले निर्णायकको भूमिका निर्भाह गरेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान गण्डककी सचिव सुरेन्द्र गुरुङ, प्रतिष्ठान केन्द्रीय कोषाध्यक्ष रमेश विजी र प्रतिष्ठान केन्द्रीय सचिव शिरिष देवकोटाले बोलेका थिए । कार्यक्रममा प्रतिषठन गण्डककीका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङले स्वागत र अक्सफोड स्कुल प्राचार्य, प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठान गण्डकीका महासचिव घनश्याम रिजालले गरेका थिए ।

कमेन्टहरु
Loading...