टेक नारायण चापागाईको आँशु बजारमा

पोखरा/ नेपाली सांगीतिक बजारमा दुई दर्जन भन्दा बढि चर्चित गीतहरु ल्याईसकेका सर्जक टेक नारायण चाँपागाई टिएनसीको लोक गीत आँशु” यसै साताबाट औपचारिक रुपमा सार्वजनिक गरिएको छ । सर्जक चाँपागाईको संकलन रहेको गीतमा लक्ष्मण चाँपागाईको स्वर रहेको छ ।

गीत र आफ्नो सफलतामा साथ दिनेलाई धन्यवाद दिदैँ चापागाईँ भन्छन् – “मलाई यो क्षेत्रमा टिकाइराख्न खटिनुहुने कमल अर्याल, सुरेश सिग्देल, नारायण भट्टराई, केशब सापकोटा तथा मेरो जनता डिजिटल परिवारलाई धेरैधेरै धन्यवाद ज्ञापन गर्न चाआन्छु ।”

हाल नेपाली लोक साँगीतिक क्षेत्रमा जस्तापए तेस्तै गीतहरु बजारमा आइरहेको अबस्थामा पनि चापागईँ खुशी तिमीलाई, सिमलको भुवा, आँसुको धारो भो लगाएत एकपछि अर्को चर्चित गीतहरु बजार पठाउन तल्लीन छन् । नेपाली मौलिकपन बोकेको यस गीतमार्फत शिव तिमिल्सीनाले नेपाली म्युजिक भिडियोमा डेब्यु गरेका छन् ।

सिर्जन बरालको निर्देशन, रेशम दर्लामीको छायांकन प्रदिप दाहालको सम्पादन रहेको भिडियोलाई बिना लिप्सिङ कथालाई मात्र प्रस्तुत गरी फरक तरिकाले बनाईएको छ । जनता डिजिटल प्रा.लि.को प्रस्तुतिमा बजारमा आएको गीत निकै मर्मस्पर्शी रहेको छ । सर्जक टिएनसीले तिम्लाई के थाहा मेरो व्यथा त, हाम्रो माया, गोधुलीको साँझ, भुगोल, रापाकोट , सिमलको भुवाझैं, खुशी तिमीलाई लगायत दर्जनौ लोक तथा आधुनिक गीतहरुमा शब्द, संगीत र स्वर दिईसकेका छन् ।

https://ganthan.com/wp-admin/post-new.php

कमेन्टहरु
Loading...