मिसेस गुरुङ नेपालको अन्तिम १४ जना प्रतियोगि छनौट

पोखरा, २१ जेठ/विवाहित गुरुङ समुदायका महिलाहरुको सौन्दर्य प्रतियोगिता “मिसेस गुरुङ नेपाल” को फाईनल चरणको प्रतिष्प्रर्धाको लागि १४ जना छनौट भएका छन । नाल्मा तमु समाज काठमाण्डौं –पोखराको आयोजनामा शनिबार हुने प्रतियोगितामा ४० जनाबाट १४ जना छनौट भएको प्रतियोगिताका संयोजक पवि गुरुङले बताईन ।

प्रतियोगितामा पोखरा सहित स्याङजा, हेटौडा, वेनी र चितवनका प्रतियोगिहरु सहभागि हुदैछन । १८ देखि ३५ बर्ष उमेर समुहका विवाहित महिलाहरुको व्यत्तित्व तथा नेतृत्व विकासको लागि उक्त प्रतियोगिता आयोजना गरीएको संयोज गुरुङले बताईन । प्रतियोगितामा विजेताहरुलाई गिफ्टह्याम्परहरु प्रदान गरीने भएको छ । द लुक्स फेसन होमको व्यवस्थापनमा हुने प्रतियोगिताको कोरीयो ग्राफिमा रविन्द्र बज्रचार्य र सुरक्षा गुरुङ रहेका छन ।

प्रतियोगिहरुलाई एक महिनासम्म गुरुङ जातिको भेषभुषा कला, संस्कृति लगायतका बिषयमा प्रशिक्षण गराईएको संयोजक गुरुङले बताईन । उक्त प्रतियोगिता सम्पन्न गर्र्न ४ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । पोखराकी विष्णु गुरुङले यस्तो प्रतियोगितामा सहभागि हुन पाउदा खुसि व्यक्त गर्दै तालिमको क्रममा आफुले धेरै कुरा सिकेको हुनाले हाल आत्मवल बढेको उनतले बताईन । चितवनबाट सहभागि भएकी आरती गुरुङले प्रतियोगितामा सहभागि भएकोले आफ्नो व्यक्तित्व तथा नेतृत्व विकास भएको दाबी गरीन ।

यस्तो प्रतियोगितालाई निरन्तरता दिन सके घरको चुलो चौकोमा रहेका महिलाहरुलाई बाहिर ल्याउन सकिने उनले बताईन । प्रतियोगितामा विष्णु गुरुङ, गिता, मिना, निमा, चन्द्रा, आरोही, आरती, पे्रङका, मानीका, निसा, दिक्षा, साक्षी, आस्मा र सृष्टि गुरुङ प्रतियोगितामा सहभागि हुदैछन ।

हालै पोखरामा सम्पन्न भएको एच.के. क्लारा दोश्रो मिस एस.एल.सी.क्वीन २०१६ प्रतियोगिताको उपाधि विजेता प्रतियोगिहरुलाई विहिबार पोखरामा स्वागत तथा वधाई ज्ञापन गरीयो । उपाधि विजेता मोनिका गुरुङ सहितको टोलीलाई राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारी लगायतले खादा लगाउदै वधाई ज्ञापन गरी स्वागत गरेकी हुन ।

कमेन्टहरु
Loading...