ट्राफिक नियम उल्लंघन गरे नयाँ अनुसार कति जरिवाना ? (कस्तो कसुरमा कति सजाय)

पोखरा, ११ जेठ /तपाईंले सवारी चलाउँदै हुनुहुन्छ भने होस गर्नुहोला । ट्राफिक नियम उल्लंघन गर्नुभयो भने यसअघि तिरेको भन्दा धेरै रकम तिर्नुपर्ने हुन्छ । ट्राफिक प्रहरीले जेठ १ गते देखि नयाँ जरीवाना रकम तोकेको छ ।

यातायात मार्फत जरिवाना हुने कसुरहरु 
१ निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएको
२ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको
३ सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेको
४ वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको

रु ५०० जरिवाना हुने कसुरहरु 
१ तोकिएको भन्दा बढि मालसामान राखेमा
२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४ प्रयोजन बिपरीत सवारी चलाएको
५ सवारी आवागमनमा बाधा पुरयाएको
६ अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
७ छतमा यात्रु बोकेको वा राखेको

रु १००० जरिवाना हुने कसुरहरु
१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४ मादक पदार्थ सेवन गरी सवारी चलाएको
५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

रु १५०० सम्म जरिवाना हुने कसुरहरु
१ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६ अवस्था ठिक नभएको सवारी चलाएको ।
७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८ राती बत्ती नबाली सवारी चलाएको ।
९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१० नम्बर प्लेट नराखी सवारी चलाएको ।
११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धा्रित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६ लापरवाहीका साथ सवारी चलाएको ।
१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८ सवारी चालक अनुमित पत्र, सवारी दर्ता किताब, सवारी ईजाजत पत्र साथमा नराखी सवारी चलाएको ।

कमेन्टहरु
Loading...