बिग आइकन विजेतलाई ‘हिरो ड्यास’ स्कुटर

पोखरा, ३ चैत /छैठौँ बिग आइकन विजेता साजन आलेले बुधबार पुरस्कार स्वरुप ‘हिरो ड्यास स्कुटर’ प्राप्त गरेका छन् । ‘हिरो ड्यास स्कुटर’को आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङको पोखरा शाखाले बिग आइकन विजेता साजन आलेलाई बुधबार स्कुटर प्रदान गरेको हो ।

बिग आइकन विजेतलाई ‘हिरो ड्यास’ स्कुटर
बिग आइकन विजेतलाई ‘हिरो ड्यास’ स्कुटर

नेपाल जनरल मार्केटिङको पोखरा शाखाका म्यानेजर उद्धव मैनालीले आलेलाई स्कुटर प्रदान गरेका थिए । उनले आलेलाई स्कुटर प्रदान गर्नुका साथै साँगीतिक सफलताको शुभकामना समेत दिए । ‘साजनको साँगीतिक यात्रा सुखद रहोस् ।’ उनले भने–‘एउटा साँगीतिक प्रतिभालाई यसरी सम्मान गर्न पाउँदा हामीलाई पनि सामाजिक उत्तरदायित्व वहन भएको महशुस भएको छ । र, यस्तो मौका मिलाउने बिग एफएमप्रति पनि हामी कृतज्ञ छौँ ।’

कम्पनीको ब्राण्डिङमा बिग आइकनको भुमिका निकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि बिग एफएमसँग सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाए । त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले पनि साजनलाई बधाई ज्ञापन गरे । उनले साजन जस्ता प्रतिभालाई प्रस्फुटन गराउन हिरो ड्यास र नेपाल जनरल मार्केटिङ जस्ता कम्पनीको साथले मात्र सम्भव भएकोले आगामी दिनमा पनि यस्तै सहयोग पाउने अपेक्षा गरे ।

उनले केहि समयमा नै पाँचौ बिग आइकन कुन्साङ गुरुङ र छैठौँ बिग आइकन साजन आले साँगीतिक भ्रमणका लागि बेलायत जाने कुरा पनि बताए । बिग आइकन विजेतालाई बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर द ब्रिटिश कलेजले उपलब्ध गराएको हो ।

त्यसैगरि बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले बिग आइकन नेपालकै उत्कृष्ट गायन रियालिटि शो भएको उल्लेख गर्दै यसमा बिजनेश हाउसहरुको सबैभन्दा ठुलो हात भएको बताए । साथै उनले आगामी ईभेन्टहरुमा पनि हिरो र यसको विक्रेता कम्पनी नेपाल जनरल मार्केटिङसँग सहकार्य भैरहनुपर्नेमा जोड दिए । कार्यक्रमलाई बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...