दिपक थापा ‘माफ पाम’ न्यूरोडमा एकाएक नाच्न थालेपछि (भिडियोसहित)

पोखरा, १० फागुन/झुत्रे कपडा । त्यस्तै चालढाल । अनुहार पनि अचम्मको । दिपक थापा ‘माफ पाम’ अचम्मको शैलीमा पोखराको न्यूरोडमा भटभटे माग्दै नाच्न थालेपछि त भीड एकाएक बाक्लियो । सँधै सफाचट भएर हिँड्ने दिपकलाई त्यो रुपमा धेरैले चिनेनन् ।

दिपक थापा
दिपक थापा

सँधैजसो स्टेज कार्यक्रमहरुमा मात्र त्यो रुपमा देखिने दिपक सडकमा उफ्रिँदै नाचेको कसैले देखेका थिएनन् । खासमा उनी भिडियोको लागि सडकमा आएर नाचेका थिए ।दिपक थापाले कमेडी नाच्न थालेको १० वर्षभन्दा बढि भयो । उनी अहिले यहाँका केहि दोहोरी साँझमा नियमित कमेडी डान्स गर्दै आएका छन् भने बाँकी समय विभिन्न मेला महोत्सवको स्टेज उक्लन्छन् ।

र, दिपक थापाको खासियत भनेको कमेडी डान्समा विशेष छ । यो गीत उनले म्यासअप गरेर बनाएका हुन् । श्रीकृष्ण लुँईटेलले केहि वर्ष अगाडि गाएको यो गीत अडियोमा पनि निकै हिट भएको थियो । तत्कालिन समयमा यो गीतको भिडियो पनि बनेको हो । यद्यपी दिपकले फेरी यो गीतलाई केहि म्यासअप गरेर आफ्नै शैलीको भिडियो बनाएका छन् । दिपकको भिडियो अहिले यूट्युबमा भाईरल हिट भैरहेको छ ।

मेन मिडिया यूट्युब च्यानलले सार्वजनिक गरेको यो गीतको भिडियो पनि दिपक आफैले गरेका हुन् । मिलन शंकरले खिचेको यो भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका हुन् । दिपकले लगातार रुपमा आफ्ना कमेडी क्रियाकलापहरुलाई कैद गरेर यूट्युबमार्फत सार्वजनिक गर्ने बताएका छन् । यो काममा उनलाई यूट्युब च्यानल ‘मेन मिडिया’ले साथ दिएको छ । यस्तै अरु तीन वटा पनि रिलिजको लागि लाईनमा रहेको उनले बताए ।

गीतहरुबाट आउने प्रतिक्रिया हेरेर दिपकले नयाँ शैलीको कमेडी शो बनाउन लागेको पनि बताएका छन् । दिपक यतिबेला नेपालमा हुने विभिन्न मेला महोत्सवसँगै विदेशमा हुने साँस्कृतिक कार्यक्रममा निकै व्यस्त छन् ।

कमेन्टहरु
Loading...