मेरो अपेक्षामा मेरो वडा अध्यक्ष

 

बिहान सबेरै उठ्नेछन् ,Fresh हुनेछन् अनि दिन दिनै वडाका विभिन्न भेग फेरि –फेरी मर्निङ वाक हिड्नेछन् ।बाटोमा जनतासंग हाई हेल्लो गर्दै के छ रु कसो छ रु भन्दै भलाकुसारी गर्दै जनताकै घरमा चिया खाई ८ बजे घर आई पुग्नेछन् ।त्यस पश्चात् हात मुख धोएर पत्र पत्रिका सहित विभिन्न बिकास सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलहरु अध्ययन गर्नेछन् । अनि खाना खाएर कपडा फेरेर १० बजे वडा कार्यालय पुग्नेछन् । १० बजे देखि २ बजे सम्म जनताका नियमित कार्य वडामै बसेर गर्नेछन् । त्यसपछि २ बजेदेखी साझ ६ बजेसम्म विभिन्न संघ,संस्थाका कार्यक्रममा सहभागी हुनेछन् तथा योजनाका प्रगति बिवरण निरिक्षण गर्न फिल्ड जानेछन् । यही दिनचर्या हप्ताको ५ दिन फलो गर्नेछन् । हप्ताको एक दिन वडाका बृहत् योजना,बजेट विनियोजन तथा डेलिकेशनका निम्ति महानगर तथा प्रदेश मन्त्रालय धाउनेछन् । यसै गरि हरेक २ महिनामा वडाको बृहत् बिकासका निम्ति केन्द्रका विभिन्न मन्त्रालयमा आफ्नो डि.पि.र सहित डेलिकेसनका लागि जानेछन् । हप्ताको एक दिन शनिवार अत्यावश्यक बाहेक नितान्त आफ्नो ब्यक्तिगत तथा घरायसी काम गर्नेछन् ।

मेरो अपेक्षामा मेरो वडा अध्यक्ष
१) विपद् अचानक पर्न सक्छ, यस्तो आपतलाई मध्यनजर गर्दै । आफ्नो ५ बर्षको तलव भत्ताको २५% रकम सहित “वडा अध्यक्ष विपद् व्यवस्थापन कोष“ सुरुवात गरि आम वडावासीसंग उक्त कोषमा योगदान आव्हान गर्नेछन् । सो कोषको संचालन विभिन्न प्रतिपक्ष दलका नेता पनि समावेश गरिएको समितीबाट गर्नेछन् ।
२) वडाका हरेक सामुदायीक बिध्यालयमा (९–१२)को विभिन्न प्राविधिक शिक्षा संचालन गर्नेछन् ।
३)विदेशिएका वडाबासीलाई स्वदेश फर्काउन र उध्धमशिल बनाउनलाई कृषिमा विशेष अनुदान सहित आधुनिकता र बजारको सुनिश्चितता गर्नेछन् । हरेक कृषकका हरेक उत्पादनको उचित मूल्य सहित खरिद गर्नेछन् ,एउटा कोल्ड स्टोर निर्माण गर्नेछन् र देशका कुनाकाप्चामा आवश्यकता अनुरुप पुर्याउनेछन् ।
४) बेरोजगार युवाहरुलाई आफ्नो अध्ययन अनुसारको उचित तालिमको ब्यवस्था गर्दै तालिम पश्चातको रोजगार सुनिश्चितता वा उध्धमशिल हुन चाहनेका हकमा बजार ब्यस्थापन गर्नेछन् । यसका निम्ति वडाको संभाब्यता अध्ययन गरि ठुला कल कारखाना संचालन गर्न आवश्यक कच्चा पदार्थको निरक्योल गरि उध्धमी माझ प्रश्ताव आव्हान गर्नेछन् ।
५) खेलकुद विकासका निम्ति आर्मलामा हाई अल्टिच्युड फुटबल मैदानको निर्माण कार्य अगाडि बडाउनेछन् साथै खेलकुद क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका युवाहरुलाई निशुल्क राष्ट्रिय स्तरको प्रशिक्षणको ब्यवस्थापन गर्नेछन् ।
६) वडामा रहेको एकमात्र मातृशिशु मितेरी अस्पताललाई २०० वेड क्षेमता को स्तरउन्नति गर्न आवश्यक जग्गाको ब्यवस्थापनका लागि विशेष पहल गर्नेछन् र प्रदेश मन्त्रालय तथा केन्द्रीय मन्त्रालयसंग निरन्तर पहल गर्नेछन् ।
७)वडामा रहेका सम्पुर्ण सार्वजनिक जग्गाको संरक्षण गर्नेछन् ।
८) वडामा रहेका हरेक पार्कलाई स्तर उन्नति गरि पार्कमाFree Wi–Fi को ब्यवस्थापन गर्नेछन् साथै शुद्ध खानेपानीको ब्यवस्थापन गर्नेछन् ।
९) सांस्कृतिक रुपमा धनी वडाका सम्पुर्ण जातजाति विच जातिय सद्भाव कायम गर्न तथा संस्कृति रक्षा गर्न बर्षको एक दिन बृहत् सास्कृतिक कार्यक्रम आयोजना गर्नेछन् ।
१०) विभिन्न क्षेत्रमा (गायन, संगित,बाध्यवाधन,कवि,नृत्य तथा कलाकारीता)मा भविष्य खोज्ने युवाका लागि उचित एकेडेमीमा निशुल्क ब्यवस्थापन गर्नेछन् ।
११) जनताका विभिन्न खुशिका उत्सवमा पुग्लान् नपुग्लान् तर जनताका हरेक दुख, पीडा,आपत–विपतमा सकेसम्म जसरीनि जनताको घरमा पुग्नेछन्।
१२) वडाबासी जेष्ठनागरिकलाई हरेक ६–६ महिनामा निशुल्क स्वास्थ्य परिक्षण गर्नेछन् ।साथै जेष्ठ नागरिकलाई दिनमा भुल्नको लागि सबै सेवासुविधा ( पत्रपत्रिका,टि.भि,ईन्टरनेट,लाईवेरी,क्यारेमबोड लागाएताका) मनोरन्जन र खाजा सहितको डे– केयर सेन्टर स्थापना गर्नेछन् ।
१३) वडाको हरेक जानकारी सहितको Geoinformatics वडाको प्रोफाईल तयार गर्नेछन् र निरन्तर अपडेट गर्नेछन् ।वडाको हरेक Street को निरक्योल गरि Street Numbering गर्नेछन् ।
१४) जनताको सुरक्षाका निम्ति वडा भरिका हरेक चोकचोकमा सि.सि टि.भि क्यामेरा जडान गर्नेछन् र जनतालाई सुरक्षाको प्रत्याभुर्ति गर्नेछन् ।
१५) वडाका सम्पुर्ण महिलाहरुको उत्थानका लागि सम्पुर्ण वडाबाट सिफारिस हुने समितीहरुमा महिलालाई मात्र प्राथमिकता दिनेछन् ।
१६) वडामा धेरै छहराहरु भएकाले संभाब्यता अध्ययन गरि माईक्रोहाईड्रो निर्माणमा अग्रसरता लिनेछन् ।साथै त्यससँग जोडीएका पहरामा संभाब्यता अध्ययन गरि पर्यटनका लागी सहासिक खेलहरु जिपलाईन र रक क्लाईमबिङकोलागी लगानी सम्मेलन गर्नेछन् ।
१७)पर्यटन प्रबर्दन गर्नका लागि वडामा रहेका सेती गर्ज, महेन्द्र गुफा, चमेरी गुफा, क्रेजी गुफा, कृस्टल गुफा लगाएतको एकीकृत बिकास गरि महेन्द्र गुफा परिसरमा चिडियाखानाको ब्यवस्थापन गर्नलाई प्रदेश र केन्द्र सरकारसंग समन्वय गर्नेछन् ।
१८) यस वडामा रहेको बिन्धयवासिनी क्याम्पसमा ब्याचलर अध्यापनको निम्ति गण्डकी प्रदेशिक विश्वविद्यालयसंग सम्बन्धन लिएर प्राविधिक विषय अध्यापन गराउने संघसघै त्रि.विमा पनि प्राविधिक विषयको सम्बन्धनको लागी प्रदेश र केन्द्रीय सरकारसंग समन्वय गर्नेछन् ।
१९)वडामा रहेका प्राथमिक तथा माध्यमिक विध्यालयको शैक्षिक उन्नति र उत्थान गर्न आवश्यक श्रोत÷साधन ब्यवस्थापन सहित शिक्षकहरुलाई निरन्तर तालिम ब्यवस्थापन गर्नेछन् ।
२०) वडाका सम्पुर्ण मुल बाटोमा सोलार लाईट जडान गर्नेछन्, मुल बाटो र सहायक बाटो ढल सहितको स्तरउन्नती गर्नेछन् साथै नया बाटोको गुणस्तरीय निर्माण गर्नेछन् ।
२१)यस वडाको सम्पुर्ण प्राकृतिक सम्पदाको रक्षामा अग्रणी भुमीका खेल्नेछन् ।साथै कालीखोलालाई फोहोर र ढलमुक्त बनाउन एकीकृत योजना बनाउनेछन्।साथै कालीखोला नजिकाका पशुपालन फार्म ब्यवस्थापन गर्नेछन् ।
२२)भ्रष्टाचार मुक्त ,राजनैतिक पुर्वाग्रह मुक्त ,भेदभाव मुक्त ,सुलभ ,सरल र छिटो सेवा प्रवाह हुने नमुना वडा बनाउने छन् । माथी उल्लेखित कार्य गर्न सकेमात्र मेरो वडा अध्यक्ष मेरो मात्र हैन हामी सबैको वडा अध्यक्ष हुनेछन् ।

लेखकःई.सुरेश तिमिल्सिना  उप–प्राध्यापक तथा सहायक क्याम्पस प्रमुखई.अ.स, पश्चिमाञ्चल क्याम्पस ,लामाचौर तथा पोखरा महानगरपालिका–१६ को मतदाता हुन् ।

कमेन्टहरु
Loading...