समृद्धिकाे यात्रामा रुपा गाउँपालिका: चुनाैति र सम्भावना

कुराले हैन कामले सम्भब छ समृद्धि

गण्डकी प्रदेश कास्की जिल्लाकाे पुर्वी भागमा अबस्थित रुपा गाउँपालिका राज्य पुनर्संरचना पछि साबिकका थुम्कि, सिद्ध, देउराली, रुपाकाेट र हंसपुर गाबिसका केही वडाहरु मिलेर बनेको निकै सुन्दर पालिका हाे रुपा गाउँपालिका । सात वटा वडामा बिभाजित रुपा गाउँपालिका तनहुकाे सुक्ला गण्डकी लमजुङ काे मध्य नेपाल कास्कीको मादि र पाेखरा महानगर संग जाेडियकाे करिब ९४.८१ बर्ग कि मि मा फैलियकाे रुपा गाउपालिका समृद्धिकाे अभियानमा निकै सजिलोसँग डाेराउन मिल्ने र सहन संभावना भएकाे पालिका पनि हाे ।
रुपा गाउँपालिकालाई समृद्ध बनाउने आधारहरुः
१) कृषि र पशुपालन
२) पर्यटन तथा पुर्वाधार बिकास
३) खानेपानी तथा सिंचाइ
४) एकीकृत बस्ति निर्माण
५) बैज्ञानिक शिक्षा प्रणाली
६) सहज यातायात सुविधा
७) बजारिकरण तथा उत्पादक बस्तुकाे खपत सुनिश्चितता
८) सार्वजनिक सम्पतिकाे संरक्षण तथा उपयोगीता
९) खेल र कला सस्कृतिकाे संरक्षण र प्रवर्द्धन
# कृषि र पशुपालन
रुपा गाउपालिकाका सातै वटा वडाहरु कृषि र पशुपालन अत्यन्तै उपयोगी भु-भागमा बनेको छन परम्परागत शैलिले पनि अहिलेसम्म यहाका नागरि हरुकाे मुख्य आय आर्जकाे स्रोत कृषि नै हाे पशुपालन नै हाे । अब हामिले परम्परागत शैलिलाई परिमार्जित गरेर नयाँ प्रबिधिकाे प्रयाेग गरि उत्पादन बढाउन तिर ध्यान दिन जुरुरी छ । यतिबेला गाउमा बाझा जमिनहरु धेरै छन बसाइँ सराईकाे कारण पनि गाउमा खेतियाेग्य जमिन बाझिएको छ । अब राज्यले नितिगत रुपमा किसान प्राेत्सान कार्यक्रम बनाउन जरुरि छ । जस्तै ५० मुरि धान उत्पादन ४० मुरि काेदाे ३० मुरि गहु १ टन आलु जस्ता अन्य खाद्य बस्तु उत्पादन गर्ने किसानलाई प्राेतसान बापत केही नगद प्रदान गर्ने वा अन्य प्राेत्सान कार्यक्रम तय गर्ने हाे भने रुपाकाे कृषि ले ठुलो आम्दानि हुनि निश्चित छ । यसरिनै अब निर्बाह मुखि पशुपालनकाे अबधारणालाई हटाउदै ब्यबसायिक पशुपालनलाई जाेड दिने हाे भने पनि हाम्रो आम्दानि बढ्ने निश्चित छ । उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गर्ने र पहिला पशुपालनलाई उद्याेगका रुपमा सञ्चालन गर्न खाेर, गाेठ, घाँस र उत्पादन भएका सबै सामाग्रीहरुकाे खपत सुनिश्चितता गरिदेने हाे भने पनि ठुलो रुपमा आर्थिक संकलन हुने छ ।
# पर्यटन तथा पुर्वाधार बिकास
रुपालाई समृद्धिकाे अभियानमा सहजै हिडाउन सकिने अर्को माध्यम हाे पर्यटन तथा पुर्वाधार बिकास । रुपामा पर्यटन काे निकै ठुलो सम्भावना छ जिल्लामै केही अग्ला डाँडाहरु हामिसँग छन् । चिसापानी डाँडा, स्याकलुङ काेट डाडा, माझकाेट डाँडा , जाेल्टे चाैतारा लगायतमा अग्ला डाँडाहरु हामिसँग छन् । यी डाडाहरुबाट रुपा मात्रै नभएर छिमेकीको ७/८ जिल्लाहरु सहजै अबलोकन गर्न सकिन्छ । कास्कीको हिमाल मात्रै नभएर लमजुङको हिमाल र धाैलागिरि हिमालकाे दृश्य सहजै देख्न सकिने हाम्रा डाँडाकाडाहरुमा हाेसस्टे सञ्चालन गर्ने हाे भने आन्तरिक तथा बाह्य पर्यटकाे सहजै मन जित्न सकिने छ । बेलायका राजकुमारले सयर गरेकाे राेयल ट्रयाकलाई थप सजह बनाउदै सुन्दरिकरण गरिदिने हाे भने पनि अझै राम्रो हुनि थियो ।
रुपामा विभिन्न जातजाति मिलेर बसेका छन् । मुस्लिम समुदाय , गुरुङ समुदाय र बाह्मण समुदाय, कुमाल समुदाय , दलित समुदाय काे परम्परागत रिती संस्कृतिको प्रस्तुति गरिदिने हाे भने हामिले पर्यटककाे बसाइँ लम्ब्याउने सकिने छ । बिशेष तथा नेपाली फरक शैलिका पर्यटककाे राेजाईलाई रुपाकाेट रिसोर्ट जस्तो केही रिसोर्टहरु थप गरि सञ्चालन गर्ने सुविधासम्पन्न रेष्टुरेन्टहरु सञ्चालन गर्ने पर्यटन यातायात सञ्चालन गर्ने तथा रुपा तालदेखि रुपाकाेटमा डाँडाहरुमा केबलकार सञ्चालन गर्ने, फालभञ्जयाङदेखि थुम्कि पेलुङ्गासम्म जिप लाईन सञ्चालन गर्ने, ठाउँ ठाउमा जातिय संग्रहालय निर्माण गर्ने चिसापानी र स्याक्लुङ तथा देउरालीलाई पर्यटनमैत्री पुर्वाधार निर्माण गरेर समृद्धिकाे सारथी बन्न सकिने छ भने रुपालाइ धार्मिक पर्यटनसँग पनि सहजै जाेड्न सकिने छ । बुढा महादेव मन्दिरलाई स्तरिकरण गरि प्रचारप्रसार गर्ने, चिसापानी देविकाे मन्दिर ईन्द्र गुफा संरक्षण तथा प्रवधन गर्ने हाे भने पनि हामिले रुपाकाे समृद्धिकाे अभियानलाई थप मजबुत बनाउन सकिन्छ ।
# खानेपानी तथा सिंचाइ
रुपाको समृद्धिसँग जोडिने बिषयमा प्रमुख खानेपानी तथा सिंचाइ पनि एक हो । सबै नागरिकलाई पर्याप्त खानेपानी खानेपानी मा पनि स्वच्छ खानेपानी हुन जरुरी छ । खानेपानी दुसित भएमा नागरिकको स्वास्थ्यमा समस्या देखिने छ र अस्वस्थ नागरिकले समृद्धिको अभियामा साथ दिन सक्दैनन् । सिंचाइका माध्यमले हाम्रा बाझा जमीन सिञ्चित गरेर उत्पादन बढाउन जरुरि छ यसका लागि दिर्घकालिन पानीको ब्यबस्थापन गरि पर्याप्त स्वच्छ खानेपानी, पर्याप्त सिञ्चाई योजना सञ्चालन गर्न जरुरी देखिएको छ ।
# एकीकृत बस्ति निर्माण
समृद्धिको एउटा महत्त्वपूर्ण माध्यम एकीकृत बस्ति निर्माण पनि एक हो । राज्यले प्रदान गर्ने सबै सेवा सुविधा पाउने गरि बिद्यालय स्वास्थ्य चौकी, हस्पिटल, खेल मैदान, मनोरञ्जन पार्क, खानेपानी, यातायातलगाएत सम्पूर्ण सुविधाले भरिपुर्ण एकीकृत बस्ति निर्माण गर्दा राज्यको पनि लागतमा निकै कमि आउछ र जनताले पनि सेवा सुविधा समान पाउने हुदा बिकास र समृद्धिको एउटा बलियो आधार बन्न सक्छ ।
# बैज्ञानिक शिक्षा प्रणाली
बिकास र समृद्धिको सबैभन्दा बलियो आधार बैज्ञानिक शिक्षा प्रणाली हो । आजको युगमा शिक्षा नीति ठिक भएन भने कुनै पनि कामलाई सहि ढंगले सम्पादन गर्न सकिदैन । देश कमजोर बनाउने भए पहिला त्यो देशको शिक्षा ध्वस्त बनाईदिए हुन्छ भनेझैं देश बलियो बनाउन देशको शिक्षा नीति बलियो बनाउन जरुरी छ । अबको शिक्षा उत्पादनमा जोड दिने खालको प्रयोगगात्मक हुन जरुरी छ । अब हामीले दिने शिक्षाबाट अबका बच्चालाई उत्पादन टेवा पुग्न पर्छ । यसका लागि उत्पादनमा आधारित बैज्ञानिक शिक्षा प्रणाली लागू गर्न अनिवार्य छ ।
# सहज यातायात सुविधा
रुपालाई समृद्धि को अभियानमा अगाडि बढाउने एउटा मुख्य आधार सहज यातायात सुविधा पनि हो । भनेको समयमा यातायात सेवा पाउनु जनताको मौलिक अधिकार पनि हो । आवत जावतमा केही समस्या नहुने गरि यातायात सुविधा सञ्चालन हुन जरुरि छ र हाम्रो भुमिमा उत्पादन भयका सामाग्री हरुलाई समयमै बजारिकरण गर्न पनि सहज यातायात सुविधा हुन जरुरी छ । जनस्तरबाट उत्पादन सामाग्री हरु खपतका लागि पनि यातायात सुविधा बिकास र समृद्धिको एउटा बलियो आधार हो ।
# बजारिकरण तथा उत्पादक बस्तुकाे खपत सुनिश्चितता
रुपालाई समृद्ध बनाउन बस्तु उत्पादन मात्रै नभयर बजारिकरणकाे सुनिश्चितता पनि एक हाे । उत्पादन भयका सामाग्री हरु बजारिकर र खपत सुनिस्चित भय उत्पादन मा बृद्दि हुने निस्चित छ । किसाले बिना संकाेच उत्पादन गर्ने छन खपत सुनिश्चित राज्यले गरिदिने हाे भने कृषि एम्बुलेन्स काे माधयमले किसानका सामाग्री हरु एक ठाउमा ल्याउने हाट बजार वा अन्य माध्यमले बिक्री बितरण गरिदिने र त्यतिले पनि खपत नभय राज्यले न्युनतम मुल्यमा खरिद गरिदिने हाे भने कृषि तथा पशुपालन काे उत्पादन मा निकै ठुलो बृद्दि हुने छ भने जति धेरै बृद्दि भय उति रुपाकाे समृद्धि हुने थियाे ।
# सार्वजनिक सम्पतिकाे संरक्षण तथा उपयोगीता
मुलुक समृद्ध हुन सार्वजनिक सम्पति को संरक्षण र उपयोगिताले पनि ठुलो भुमिका खेलेको हुन्छ । रुपाकै हकमा हेर्ने हो भने पनि हामिसँग ठुलो मात्रामा सार्वजनिक सम्पति छ । यसलाई सहि ढंगबाट सञ्चालन गर्न नसक्नि हो भने हामीले देखेको समृद्धि सम्भव नहुन सक्छ । जस्तै सार्वजनिक जग्गामा नीति बनाएर ठुला ठुला औधोगिक कल कारखाना सञ्चालन गर्न सक्ने हो भने हाम्रो ठाउँका नागरिकले रोजगारी पाउने थिए । हाम्रो ठाउका कच्चापर्दाथको खपत हुने थियो कहि खेल मैदान बनाउन सकिन्छ कहि बाल उद्यान तथा मनोरञ्जन पार्क बनाउन सकिन्छ । यसरी सार्वजनिक सम्पति संरक्षण र उपयोगीताले समृद्धिको सारथी बन्न सक्छ ।
# खेल र कला सस्कृतिकाे संरक्षण र प्रवर्द्धन
समृद्ध रुपाको परिकल्पना गरि रहदा खेल र कला सस्कृतिको संरक्षण र प्रवद्र्धन मुख्य बिषय हो । रुपाले थुप्रै बिधाका राष्ट्रिय खेलाडी तथा राष्ट्रिय ख्याति प्राप्त गायक, गायिक, कविहरु जन्मायको छ । अब उहाँहरुलाई जन्माउनु मात्रै ठुलो बिषय नभएर उहाँहरुका माध्यमले खेल जगतलाई माथि उचाल्न कला, भाषा संस्कृतिको संरक्षण गरि अगाडि बढ्दा समृद्ध रुपामा केही योगदान गर्न सकिन्छ । खेल र कला गलाका माध्यबाट थुप्रै आर्थिक उपार्जन गर्न सकिने हुदा यी र यस्ता क्षेत्र लाई संरक्षण र प्रबर्द्धन गरि समृद्ध रुपाको परिकल्पनामा योग्दान गर्न सकिन्छ ।
# रुपालाई समृद्धि हुन निम्न चुनाैतिकाे सामना गर्नु पर्ने छ ।
कास्कीको पहाडी भु भाग समेटेर बनेकाे रुपा समृद्धि मा जति सम्भावना छ उतिनै चुनाैति पनि छ ।निम्न चुनाैतिहरुलाई सुस्म ढंगबाट समाधान गर्नु पर्दछ ।
️ –बसाइँसराइ नियन्त्रण
️– युवा पलायन नियन्त्रण ( बैदेशिक राेजगार )
-️- स्थानीय स्तरकाे स्वास्थ , शिक्षा सबलिकर र सरलिकरण
️– बादर नियन्त्रण ( खेति संरक्षण )
-️- स्थानिय स्तरमा स्वराेजगार काे ज्ञारेन्टि
-️-स्थानिय तह अभिभावक भुमिकाकाे महशुस ( सुनिश्चितता )
# माथि उल्लेखित नौ वटा बुदाहरु अक्षरस पालना गरेमात्र समृद्धिको अभियानमा अगाडि बढ्न सकिन्छ । स्थानीय तहको मात्रै नभएर तिनै तहका सरकारको बिशेष समन्वयमा कहि कतै नबाझिने नीति निर्माण गरेर सबै पक्षले बनेको नीति अक्षरस पालना गर्ने हो भने रुपा मात्रै नभएर समग्र देशनै समृद्धिको यात्रामा दिन दुई गुणा रात चार गुणा गरेर अगाडि बढ्ने थियो । यस्का लागि सबै सरोकारवालाहरु सकारात्मक ढंगबाट अगाडि बढ्ने र बनेका नीति भित्र रहेर सबैले आफ्नो दायित्व पूरा गर्ने हो भने समृद्धि हामी बाट टाढा छैन ।

———–

राजन सुवेदी

वडा अध्यक्ष

रुपा गाउँपालिका वडा नं. २

त️था

नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य
९८५६०३२०३१

कमेन्टहरु
Loading...