सरल जीवनमै छ दशैंको खुसी

पोहोर हो कि परार नै हो किनेको यो लुगा
कति राम्रो रैछ त
धुदा त झन कति राम्रो देख्खेको
घुँडमा थोरै च्यात्तिएर के भो त ? ग्रन्ज भैगो त !
आहा !
यसपाली दशैमा ग्रन्ज पाइन्ट पो लगाइने भैयो !!

पोहोर परार घर जादा कार बाइकमा गएको खासै रमाइलो भएको थिएन । यसपाली मिनि बसमा भर्खरै आइयो । बसभरी सबै गाउँकै मान्छे थिए। कोही कताबाट कोही कताबाट आइपुगेका । हास्दै रमाइलो गर्दै गफ लगाउदै यात्रा गर्नुको मज्जा त्यो बाइक र कारमा कहाँ हुनु ?

अनि सङ्गै सिटमा परेको साथी त नेपाल आर्मीमा जगिरे रहेछन् । उत्ता पट्टि ३क मा बस्ने साथी बिदेसबाट आएको रहेछन् ।आहा खुब मीठो गफ गरियो बाल्यकालको ।

पोहोर परार कारमा जाँदा आफ्नै मनका कुरा बाहेक केही थिएन । यसपाली बसमा जाँदा सबैको मनका कुरा सटासाट गर्न पाइयो कति रमाइलो रामाइलो ।

गाउँमा पनि त्यस्तै रामाइलो । सबै जना एउटा पसलमा जम्काभेट भै चियाको चुस्किमा गरेको गफ नै मीठो हुने । पोहोर परारको हुस्किले हानाहान नै भयो । यसपाली चियाको चुस्किले बिग्रेको मन र तोडिएको साथ सबै मिलायो । भएन त गज्जव ।

गाउँ घुम्दा नि खुट्टा नै हल्का भाछ यसपाली । नेपाली ब्रान्डका छरिता जुत्ताले गर्दा हिँडेकै पत्तो भएन । विदेशी ब्राण्ड लाएर बेकार पुरै खुट्टा र मन गरुङ्गो बनाइराको रैछु यत्रो बर्ष ।

अँ…… यस्तै छ यसपालिको दशैँ ।

भुकम्पले थिल्थिलेको नेपाली सबैलाई कोरोनाले घाउ नै बनायो । घाउ सेलाउन नदिकन आर्थिक मन्दिले नुन चुक छर्काइरहेको छ । घाउमा नुक चुक लाए जस्तो हरेक नेपालीको मनमा भएको छ यसपालिको दशै । दशै त जेन तेन, तान तुन ,बेच बिखन गरेर चल्ला तर दशै पछि त्यो दृष्य नुन चुकले बिग्रेको घाउको पीडा भन्दा बढी डरलाग्दो र भयानक हुने करिव निश्चित जस्तै छ ।

अब ब्यवसाय गरेर कमाउने रमाउने भन्दा पनि खर्च आफैले कटौती गर्दै जानूको बिकल्प छैन । बजारमा व्यापार छैन गाउको बाली राम्रो छैन किसान देखि व्यापारी सम्म चिन्ताले चिता पुर्याउन थालेको छ । समयमै आफ्नो खर्च आफ्नो सौखलाई मारेर अघि बढ्न सके केही समय थेग्न सक्केला नत्र बिगत जस्तै हालिमुहाली चार्डपर्व गर्न खोजियो भने देखावटी नै गर्ननपाई जल्नु पर्ने पीडा हुन्छ ।

घाटी हेरी हाड निल्नुहोला, क्षमता अनुसार खर्च गर्नुहोला । कसैले देखाउनको लागि ऋण काडी काडी अनावश्यक तडकभडक नगर्नुहोला । परिवारको क्षमता अनुसार दक्षिणा दिनुहोला । कस्ले बढी दिनि भनेर हान्थाप नगर्नुहोला । जुवा तास नखेल्नु होला । परिवार छर छिमेकमा रोटेपिङ, लिङ्गेपिङ या अन्य कुनै सरसफाइ, जनचेतनामुलक कार्यक्रम गर्नु होला । कम खर्च बढी रमाइलो गर्नु होला । रिस राग द्वेष चरित्र नदेखाई सबैलाइ आफ्नोपन महसुस हुने गरि दशै मनाउनुहोला ।

सबै नेपालिमा मा बडा दशैको शुभकामना !!!

कमेन्टहरु
Loading...