पारसबाट कहिले सिक्लान नेपाली नेताहरुले

सौगात पोखरेल ।

नेपाली क्रिकेटलाई संसारभर चिनाउनका लागि नेपाली क्रिकेटर पारश खड्काले खेलेको भुमिकालाई नेपालीहरुले बिर्सन सक्ने अबस्था छैन । उनले नेपाली क्रिकेटलाई बिकास र बिस्तार गर्न भुमिका मात्र खेलेनन बरु ट्रेनसेटर पनि बन्न सफल भए ।

आँफुभन्दा जूनियर खेलाडीलाई क्याप्टेनशिप दिएर पनि उनी त्यहि टीममा खेलिरहे । अहिले उनले अन्तरराष्ट्रीय खेलबाट सन्यास लिएको घोषणा गरेर नयाँ खेलाडीहरुलाई अबसर दिने निर्णय गरे । झट्ट सुन्दा सामान्यजस्तो मात्र लाग्ने उनको निर्णयले एकपछि अर्को ट्रेन सेट गरेको सहजै बुझ्न सकिन्छ ।

नेपाली क्रिकेटका पुर्ब कप्तानलेजस्तै नेपालमा रहेको नेताहरुले पनि शन्यास लिए भने देशको राजनीतिले नयाँ ट्रेन स्थापित गर्न सक्थ्यो । तर नेपाली नेताहरुले कहिले पनि छोडेर ,त्यागेर र नयाँ पुस्तालाई देशको जिम्मा दिएर देशको अबस्था बदल्न सकिन्छ भन्ने कुरा बुझ्न सकेनन् ।

बुढो गोरुले गोठ ओगटेर बसेझै बुढा नेताहरुले राज्य सत्ताको बागडोर ओगटेर बसीराखे । दशकौ देखि शासन सत्तामा रहेर ढलेको सिन्को भाँच्न नसक्दा पनि उनीहरुलाई कहिल्यै आत्मग्लानि भएन । उनीहरुले कहिल्यै आफ्नो पुस्ताको बिकल्प पछिल्लो पुस्तामा देख्न सकेनन र राजनीतिलाई सट्टा बजारजस्तो बनाएर फोहोर गरिराखे ।

यतिबेला नेपाली राजनीतिले देशको मुहार त फेर्नसकेन तर बाहरुको अनुहार भने फेरिरह्यो । हिजोको दिनमा केपि बाको हातमा रहेको सत्ता शेरबहादुर बाको हातमा पुग्दा पनि जनस्तरमा पुग्दा खास फरक देखिएन बरु जुन जोगी आएपनि कानै चिरेको भन्ने उखानको चरितार्थ भईरह्यो । सरकारी सेवामा पेन्सन भएजस्तै नेपाली राजनीतिक दलका नेताहरुले कहिले पेन्सन लेलान भन्ने प्रश्न आजको समय मुल प्रश्न बनेर बसेको छ ।

आर्यघाटमा नपुगुञ्जेलसम्म सत्ताका लागि र्याल चूहाईरहने प्रबृती र पात्रको पेन्सनबिना देश बिकास सम्भव हुँदैन बरु बाहरुबाट देशनै प्रताडित बनिरहनुपर्नेछ । नेपाली राजनीतिका बाहरुले पनि नेपाली क्रिकेटर पारश खड्काबाट केहि सिकेर पेन्सन लिएभने देश अलि गतिमा हिड्थ्यो कि ?

कमेन्टहरु
Loading...