धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सिद्धलेक गाउँपालिकाका जनप्रनितनिधिलाई धम्की दिएको आरोपमा गुण्डागर्दीमा संलग्न हुँदै आएका राधे भण्डारीलाई पक्राउ गरेको छ ।
उक्त गाउँपालिकाका क्रसर उद्योग सञ्चालन गर्दै आएकोमा म्याद समाप्त भए पछि समेत बालुवा निकाल्ने काम नरोकेपछि त्यसो नगर्न भन्दा राधेले उल्टै जनप्रतिनिधिलाई धम्की दिएको बताइएको छ ।
नेपाली कांग्रेस निकट नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष राधेले अवैध बालुवा खानी तथा ठेक्कापट्टामा एकछत्र राज गर्दै आइरहेका छन् । प्रहरीले उनले सञ्चालन गरेको क्रसर उद्योग समेत बन्द गराएको छ ।