पोखरामा भदौ १५ र १६ गते गाइजात्रा महोत्सब

पोखरा, १३ भदौ/ परम्परागत संस्कृतिको जगेर्नाका लागि नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष

गाइजात्राको अवसरमा हुने तायमचा नृत्य प्रतियोगता तथा गाइजात्रा महोत्सब भाद्र १५ र १६ गते पोखरामा हुने

भएको छ । यसपटकको महोत्सव तेर्सापट्टी तायःमचा नाच समितिको आयोजनामा हुन लागेको हो ।

प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीको सडकमा हुने छ । लोपोन्मुख तायाःमचा नाचको

संरक्षण गर्दै संस्कृति बचाउने उद्धेश्यले गरिन लागेको प्रतियोगितामा २८ समूहले भाग लिने नेवाःखल कास्कीका

अध्यक्ष अशोक पालिखेले बताए । प्रतियोगितामा पोखराबाट २१ र लेखनाथबाट ७ वटा समूहले प्रतिस्पर्धा गर्ने छ

। गाइजात्राको ऐतिहासिक महत्वका बारे प्रष्ट पार्दैै नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले मल्लकालिन

राजा प्रताप मल्लको पाला देखि यसले प्राथमिकता पाएको तथा लिच्छवीकाल देखि नै गाइजात्रा परम्पराका

रुपमा रहेको बताए ।

सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न सांगीतिक प्रस्तुती, नेवारी नाच र खानाका स्टलहरु पनि राखिने

कार्यक्रमका संयोजक विक्रम उदासले जानकारी दिए । प्रतियोगिताको बिजेतालाई ३० हजार, उपबिजेतालाई २०

हजार, तेश्रो हुनेलाई १० हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक

पोखरामा भदौ १५ र १६ गते गाइजात्रा महोत्सब
पोखरामा भदौ १५ र १६ गते गाइजात्रा महोत्सब

तेर्सापट्टी तायाःमचा नाच समितिका अध्यक्ष कृष्ण कतिलाले जानकारी दिए । त्यस्तै, उत्कृष्ट महिला समूहलाई

१५ हजार र उत्कृष्ट जोकरलाई ५ हजार तथा अन्य विधागत उत्कृष्ट प्रतियोगिलाई २–२ हजार प्रदान गरिने

उनले बताए । पोखरामा गाइजात्राको छुट्टै परम्परा रहेको छ । यहाँ गाइजात्राको दिन उक्त वर्ष घरमा निधन

भएका व्यक्तिको सम्झना तायमचा निकाली बजार परिक्रमा गर्ने प्रचलन रहेको छ । यस संगै तायमचा संगै

प्रदर्शन गरिने परि नाच पनि प्रख्यात रहेको छ ।

कमेन्टहरु
Loading...