पोखरा, १२ भदौ / पोखरामा असोज तेस्रो साता हुने ‘हिमाअस मिस पोखरा’ २०१८ अन्तिम प्रतिस्पर्धामा २१ जना
छनौट भएका छन् । पोखरा जेसीजको आयोजनामा हुने १० औ संस्करणको प्रतियोगितामा पोखरा र आसपासका
जिल्लाबाट ३७ प्रतियोगिले सहभागीता जनाएको अन्तिम प्रतिस्पर्धाका लागि २१ जना छनौट भएको जेसीज
पोखराका अध्यक्ष शिव सुबेदीले मंगलबार पोखरामा आयोजीत कार्यक्रममा जानकारी दिए ।
प्रतियोगीताको ग्रान्ड फिनालय असोज २० गते पोखराको सभागृह हलमा हुने उनले जानकारी दिए । प्रतियोगितामा
सौन्दर्यको मात्र नभई फरक फरक क्षेत्रका प्रशिक्षकद्वारा नेतृत्व र व्यक्तित्व विकास, नारी शसक्तिकारण, समय
व्यवस्थापन, उद्घोषणकला, वक्तृत्वकला, पर्यटन प्रबद्र्धन, सँगै सांस्कृतिक गतिविधी सहित सामाजिक
उत्तरदायित्व सम्बन्धी प्रशिक्षण दिइने कार्यक्रमका संयोजक देवराज शर्माले बताए । ‘प्रतियोगीलाई ऐतिहासिक,
सांस्कृतिक तथा पर्यटकिय स्थलको अवलोकन भ्रमण लगायतका कार्यक्रम हुन्छ,’ उनले भने, ‘समग्र समाजको
प्रतिनिधि मुलक युवाको खोजि गर्नु र समाज विकासको संवाहकको रुपमा स्थापित गर्नु नै यस प्रतियोगिताको
उद्देश्य हो ।’
करिब १ महिना भन्दा बढि अबधिमा फरक÷फरक विषयमा प्रतियोगीलाई तालिम तथा प्रशिक्षण दिइएको उनले
सुनाए । प्रतियोगीतामा प्रथम हुनेलाई स्कुटर, क््रmाउन, नगद ५० हजार साथै १ हप्ताका लागि अष्ट्रेलिया भ्रमण
र मिस नेपालमा सहभागीने अवसर पाउने शर्माले बताए । त्यसै गरि फस्ट रनर अपलाई क््रmाउन, नगद ३०
हजार रुपैया र गिफ्ट ह्याम्पर, सेकेन्ड रनर अपलाई क््रmाउन, नगद २० हजार र गिफ्ट ह्याम्पर पाउने छन् ।
त्यसै गरि मिस बेस्ट पर्सनालिटी, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट हेयर, बेस्ट क्याटवाक, बेस्ट ड्रेस, फोटोजेनिक,
अडियन्स भोटिङ चोइस, पपुलारिटी र इन्टेलेक्टलाई पनि टाइटल अवार्ड र गिफ्ट ह्याम्परको व्यवस्था रहेको
आयोजकले जानकारी दियो । कार्यक्रम सम्पन्न गर्न ३० लाख खर्च र ३४ लाख आम्दानी हुने आयोजकको अनुमान
छ ।