छमछम नचाउन “सलल बगेर पानी” (भिडियो सहित)

पोखरा, २० साउन/राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रदेश संयोजक तारापति सुबेदी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जीवन दाहालको सयुक्त एल्बम “सलल बगेर पानी” नामक तीजगित बजारमा ल्याएका छन् ।

गायक द्धय तारापति सुबेदी, जीवन दाहाल र गायिका द्धय रनु गुरुङ र सुस्मिता परियारले “सलल बगेर पानी” भन्ने तिजगित बजारमा ल्याएका हुन् । हरितालिका तीज जति जति नजिकिदै छ त्यति त्यति नै कलाकारहरुले तीजगित बजारमा ल्याउने होडवाजी चलेको छ ।

गायक द्धयले एकातिर समाज निर्माण गर्न प्रेरणा मिलेको छ भने अर्को तिर माया प्रेमसग जोडिएर समाज रुपान्तरणमा लागि परेको यस गितले सन्देश दिएको छ । विकृतिविसंगतिलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न यस्ता तीजगितले प्रोत्साहन पाउने गरेका छन् । यस गितमा समाज रुपान्तरणका लागि नभै माया प्रेममा आधारित गित रहेको छ ।

बजारमा आउने तिजगितका विभिन्न भाकाहरु आउने क्रम जारी छ । कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन अति व्यस्त देखिएका छन् । यसगितमा प्रेमराज अधिकारीले शव्द कोरेका छन भने जीवन दाहालले लय बनाएका हुन ।

चर्चित गायक तारापति सुबेदी, जीवन दाहाल र गायिका रनु गुरुङ र सुस्मिता परियारकोे सुमधुर स्वर रहेको छ । “सलल बगेको पानी ” बोलको गीतको एरेन्जर विनोद बाजुरालीले गरेका छन् भने प्रकाश भटले यस गितको निर्देशन गरेका हुन ।

https://www.youtube.com/watch?v=JHIzlITI5Sk

कमेन्टहरु
Loading...