पोखरा, २३ कात्तिक /यती बेला प्रियंका कार्की र दीपकराज गिरीको एउटा फोटो फेसबुकमा भाइरल बनेको छ । उनीहरुले नै पोष्ट गरको त्यो फोटोमा प्रियंका कार्कीले दीपकराज गिरीलाई जुरुक्कै पारेर बोकेकी छन् ।
मंसिर १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झ्यानाकुटी’को फस्ट लुक पोष्टरमा नायिका बेनिशा हमालले नायक सौगात मल्ललाई काँधमा बोकेको पोष्टर केही दिन पहिलो सार्वजानी भएको थियो ।
नायिका प्रियंका कार्की र कलाकार तथा निर्माता दीपकराज गिरीले भने फिल्मलाई समर्थन गर्दै तश्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन्, जसमा प्रियंकाले दीपकराजलाई जुरुक्कै बोकेकी छिन् ।
तस्बीर पोष्ट गर्दै दिपकले यस्तो लेखेका छन् ।
“झ्यानाकुटी” पोज…….
नेपाली फिल्मलाइ सधै समर्थन
फाटेको जुत्ता, ऐश्वर्य चलिरहेको फिल्म अझै चलोस्
शुक्रबारको फिल्म “ तान्द्रो””रोमियो” “मेला “ र “सकस”लाइ शुभकामना
“छक्का पन्जा २ “ पनि चलिरहेछ अब केहि दिनमा ५१ दिन
जय नेपाली सिनेमा
