कस्ले जित्ला मिस पोखरा २०१७ को उपाधि

पोखरा, २ असोज /जेसिआईको आयोजनामा पोखरामा हुन लागेको मिस पोखरा २०१७ को अन्तिम प्रतिष्पर्धा असोज ५ गते पोखरा सभागृहमा हुदैछ । पाँच जिल्लाका ३७ जना आवेदकहरु मध्येबाट छनोट भएका १६ जना बिच बिहीबार अन्तिम प्रतिस्पर्धाबाट मिस पोखरा २०१७ छानिने छन् ।

एक महिना सम्म चलेको ट्रेनिङबाट राउण्डबाट १६ जना छानिएको आयोजकले बताएका छन् । सन् १९९५ देखि सुरु भएको मिस पोखरा उहाँको चर्चित प्रतियोगिता भएको आयोजकले दावी गरेको छ । मिस पोखरा २०१७ को विजेताले उपाधी संगै स्कुटर सहित ५० हजार रुपैयाँ नगद र अन्य आकर्षक उपहार पाउने छिन् ।

यसै गरि फष्ट रनरअफले उपाधि संगै ३० हजार रुपैया सहित आकर्षक उपहार पाउने आयोजक जेसीआई पोखराका अध्यक्ष शिव प्रसाद कोइरालाले बताए । यसै गरि सेकेण्ड रनर अपले उपाधि संगै २० हजार नगद र अन्य आकर्षक उपहार पाउने जेसीआई पोखराका कार्यकारीणि उपाध्यक्ष शिव प्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिस्पर्धावाट महिलाहरुमा क्षमता अभिबृद्धि हुने पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल उषा खड्गीले बताइन् । उनले महिलाहरु क्षमता अभिबृद्धि गर्न प्रतियोगिताको ठुलो भुमीका रहेको बताइन थियो ।

कमेन्टहरु
Loading...