नेपाल आइडलको भोट गणना नगन्न र सक्कल फाइल देखाउन अदालतको आदेश

काठमाडौं, २१ भदौ/अन्तर्राष्ट्रिय आइडल सिरिजको नेपाल संस्करण ‘नेपाल आइडल’को भोट गणना रोक्न काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले भोटिङलगायत सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको हो ।

अदालतले मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टेलिभिजनलाई भदौ २३ गते बिहान १० बजे भोटिङलगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो । भोटि गन्ने काम एकपक्षीय रुपमा भएको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

बुधबार जिल्ला अदालतका न्यायाधीश दिवाकार भट्टको एकल इजालाशले नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै भोट गन्न रोक्न र सक्कल फाइ्लसहित उपस्थित हुन भनेको हो । अब आउँदो २३ गते दुवै पक्षको बहसपछि आइडल निरन्तर रहने वा के हुने भन्ने टुंगो लाग्ने छ ।  नेपाल आइडलले बुधबार फेसबुकमार्फत केही गुनासा भए सभ्य भाषामा व्यक्त गर्न तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय कार्यक्रम बन्द गराएर विदेशी परनिर्भताका लागि समाज बिगार्नेबाट जोगिन आग्रह गरेको थियो ।

सूचना
गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको sms व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ ।

यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भताकालागी समाज बिगार्ने बाट जोगियौ ।

कमेन्टहरु
Loading...